IPL मा आज २ खेल : कोलकाता र बैंगलोरसंग चेन्नाई र पन्जाबलाई जित्ने दबाब

२०७७ आश्विन २४, शनिबार १२:०४

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शनिबार दुई खेल हुदैँछ। लिगको २४ औं तथा दिनको पहिलो खेलमा दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्सले लोकेश राहुलको कप्तानीमा रहेको किङ्ग्स-११ पन्जाबको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बजे शेख जायद स्टेडियममा सुरु हुनेछ। यस्तै, लिगको २५ औं तथा दिनको दोस्रो खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्स र बिराट कोहलिको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोरबीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।

कोलकाता VS पन्जाब 

हालसम्म ५ खेल खेलेको कोलकाता ३ जित र २ हारपछि अकंतालिकाको चौथौं स्थानमा छ भने ६ खेल खेलेको पन्जाबले १ खेलमा जित निकाल्दै मात्र २ अंक बटुल्न सकेको छ जसकारण तालिकाको पुछारमा छ। कोलकातालाई आजको खेलमा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा उक्लने मौका छ। लगातार खराब प्रदर्शन गर्दै आएको पन्जाब आजको खेलमा आफ्नो पराजय यात्रालाई पुर्णविराम लगाउन चाहन्छ।

कोलकाता : कोलकाताले पछिल्लो खेलमा चेन्नाई विरुद्ध १० रनको शानदार पुनरागमन जित दर्ता गरेको थियो जस खेलमा ओपनर राहुल त्रिपाठीले ५१ बलमा ८१ रनको अर्धशतकीय पारी खेलेका थिए जुन कोलकाताको लागि सुखद पक्ष हो। आन्द्रे रसेल, कप्तान दिनेश कार्तिक र ओएन मोर्गान जस्ता ठुलो खेलाडीहरुको खास प्रदर्शन नरहेता पनि कोलकाताले राम्रो नतिजा निकाल्न समर्थ भएको छ। बलिंगमा युवा खेलाडी शिभम मावि, प्याट कमिंस र वरुण चक्रवती चक्रवतीको प्रदर्शन सन्तोषजनक रहेको छ। रसेलले डेथ ओभरमा किफायती बलिंग गर्दा कप्तानलाई सहज भएको छ। ओएन मोर्गान र शुभमन गिलले राम्रो लय देखाएता पनि कोलकाताको लागि रसेलको ब्याटबाट रन बन्न जरुरी हुन्छ। टिमले नितिश राणाको प्रदर्शनमा स्थिरता चाहन्छ। कप्तान कार्तिकको खराब प्रदर्शन टिमले चिन्ताजनक विषय बनेको छ।

कोलकाताको सम्भावित ११ : शुबमन गिल, सुनिल नारायण, नितिश राणा, दिनेश कार्तिक ( कप्तान/विकेटकिपर ) ओएन मोर्गन, आन्द्रे रसेल, प्याट कमिन्स, शिभम माभी, कमलेश नगरकोटी, राहुल त्रिपाठी, वरुण चक्रवर्ती

पन्जाब :- ६ खेलमा मात्र २ अकं बटुलेको पन्जाब खराब लयबाट गुज्रिरहेको छ। महत्वपूर्ण ठाउँमा आएर चुक्दा पन्जाबले हार भोग्नु परिरहेको छ। पन्जाबको ब्याटिंग टप अर्डरमा निकै निर्भर छ। निकोलास पुरनको फर्म पन्जाबको लागि सुखद पक्ष हो। ग्लेन म्याकस्वेलको लगातार खराब प्रदर्शन पन्जाबको लागि चिन्ताजनक विषय बनेको छ। पन्जाब आफ्नो कप्तान राहुल र मायांक अगरवालको प्रदर्शनमा स्थिरता चाहन्छ। शेल्डॉन कोट्रेल र मोहम्मद शामिले डेथ ओभरमा किफायती बलिंग गर्नुपर्ने हुन्छ। युवा लेग स्पिनर रवि बिश्नोई र अर्शदिप सिंहले पछिल्लो खेलको राम्रो प्रदर्शनलाई निरन्तरता दिनुपर्ने हुन्छ।

पन्जाबको सम्भावित अन्तिम ११ : केएल राहुल ( कप्तान/विकेटकिपर ) , मायाँक अग्रवाल, निकोलास पुरन, क्रिस गेल , मन्दिप सिंह, मुजिब उर रहमान, रभी बिस्नोइ, शेल्डन कटरेल, मोहम्मद शामी, सिमरन सिंह, अर्शदिप सिंह

हेड टु हेड :- हालसम्म यी दुई टोलीबीच कुल २५ पटक प्रतिस्पर्धा भएको छ जसमध्य कोलकाताले १७ खेलमा जित हात पार्दा पन्जाब ८ खेलमा विजयी भएको छ। गत सिजन दुबै खेलमा कोलकाताले पन्जाबलाई पराजित गरेको थियो। कोलकाता २८ रन र ७ विकेटले विजयी भएको थियो।

बैंगलोर VS चेन्नाई

६ खेलमा २ जित र ४ हारपछि चेन्नाई अकंतालिकाको छैटौं स्थानमा छ भने ५ खेलमा ३ जित र २ हारसहित बैंगलोर अकंतालिकाको पाचौं स्थानमा छ। बैंगलोरलाई आजको खेलमा जित हात पार्दै तालिकाको तेस्रो स्थानमा उक्लने मौका छ। यता, खराब लयमा रहेको चेन्नाई आजको खेलमा महत्वपुर्ण २ अंक बटुल्न चाहन्छ।

चेन्नाई :- पछिल्लो खेलमा कोलकाता विरुद्ध रनको नमिठो हार बेहोरेको चेन्नाई निर्णायक मोडमा आएर चुक्दा हार भोग्नु परिरहेको छ। शेन वाटसनको ब्याटबाट रन बन्नु चेन्नाईको लागि सुखद पक्ष हो। फाफ डु प्लेसिस र अम्बती रायडु राम्रो लयमा छन्। मिडल ओभरमा चेन्नाईको हातबाट खेल चिप्लीरहेको छ। कप्तान धोनीको विस्फोटक ब्याटिंग देख्न बाकीं रहेको छ। केदार जाधवको फर्मलाई लिएर चेन्नाई चिन्तित छ।

चेन्नाईको सम्भावित अन्तिम ११ :- शेन वाटसन, फाफ डुप्लेसिस, अम्बाती रायडु, रुतुराज गायकवाड/ केधार जाधव , महेन्द्र सिंह धिनी, स्याम करन, रविन्द्र जडेजा, ड्वेन ब्राभो, दिपक चहार, शार्दुल ठाकुल, कर्न शर्मा

बैंगलोर : पछिल्लो खेलमा दिल्ली विरुद्ध ५९ रनको फराकिलो हार बेहोरेको बैंगलोर आफ्नो प्रदर्शनमा स्थिरता चाहन्छ। बिराट कोहालीको ब्याटबाट रन बन्नु बैंगलोरको लागि महत्वपुर्ण रहनेछ जसले जारी सिजन एक खेल बाहेक अन्यमा खास प्रदर्शन गर्न सकेका छैनन्। जारी सिजन लिगमा डेब्यु गरेका देभादत्त पडिक्क्लको प्रदर्शनलाई लिएर बैंगलोर आनन्दित छ। एबी डीभिल्लियर्स राम्रो लयमा रहेता पनि बैंगलोर उनिबाट परिपक्वता ब्याटिंग चाहन्छ। एरोन फिंचको प्रदर्शन देख्न बाकीँ रहेको छ। बलिंगतर्फ चाहल, उदाना र सिराजले सन्तोषजनक प्रदर्शन गरेका छन्। सुन्दरले पावरप्लेमा किफायती बलिंग गर्दा कप्तानलाई सहज भएको छ। बैंगलोर सैनीको प्रदर्शनमा स्थिरता चाहन्छ।

बैंगलोरको सम्भावित अन्तिम ११ : एरोन फिन्च, देभदत्त पडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, मोहम्मद सिराज , शिभम दुबे, वासिङ्टन सुन्दर, इसुरु उडाना, मोइन अलि , युझभेन्द्र चहल, नभदिप सैनी

हेड टु हेड : हालसम्म यी दुई टोलिबीच कुल २५ पटक प्रतिस्पर्धा भएको छ जसमध्य चेन्नाईले १६ खेलमा जित हात पार्दा बैंगलोर ८ खेलमा विजयी भएको छ। एक खेल नतिजाविहिन बनेको छ। गत सिजन दुबै टोलिले समान १-१ खेल जितेका थिए। चेन्नाईले ७ विकेटको जित हात पार्दा बैंगलोर १ रनको जित हात पारेको थियो।

करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन

“म कप्तानीको मजा लिईरहेको छु” – ऐयर

लगातार तेश्रो जितपछि मुम्बईलाई पछि पार्दै दिल्ली शिर्षमा

नेपाली क्रिकेट टिमलाई कस्तो प्रशिक्षक आवस्यक छ ?

सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने

“पन्जाबले म्याक्सवेलको बिकल्प सोच्नुपर्छ” पिटरसन

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy