“जहाजमा धेरै प्वाल छन् , एउटा थुन्दा अर्को ठाउँबाट पानि चुहिरहेको छ।” – धोनी

२०७७ आश्विन २५, आईतवार ००:३१

आईपीएल टि-२० अन्तर्गत पहिलो ७ खेलमा ५ खेलमा पराजित भएको चेन्नाईको लय यो सिजन खराब छ। बैंगलोरले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा धोनी कप्तानीको टिमको ब्याटिंग फेरी चलेन र ३७ रनको हार बेहोर्न बाध्य रह्यो।

हारपछि धोनीले टिमको कमजोर पक्षहरु औल्याएका छन् – “मलाई लाग्छ अन्तिमको ४ ओभरमा हाम्रो बलरहरुले राम्रो गर्न सकेनन् तर त्यस अघि राम्रो काम गरे।  बलिंगमा हामीले पहिलो ६ र पछिको ४ ओभरमा रन खर्चिए पनि बिपक्षीलाई दबाब बनाउन सक्छौ भन्ने विश्वास छ।”

“ब्याटिंग आज पनि चिन्ताको विषय बन्यो। हामीले यसको लागि केहि विशेष गर्ने पर्छ। व्यक्ति फरक भएता पनि सधै एउटै कुरा दोहोरिएको छ। आउट भए पनि फरक पर्दैन तर ठूलो सट खेल्नुपर्छ। १५-१६ ओभर पछि धेरै बल छोड्न मिल्दैन त्यसले गर्दा तल्लो क्रममा ठूलो दबाब पर्छ। हामि ६ देखि १४ ओभरमा बलरहरु बिरुद्ध योजना लागु गर्न असफल भइरहेका छौँ। ब्याटिंग हाम्रो मुख्य चिन्ता हो। आगामी खेलमा हामी अलि बढी आक्रामक हुनुपर्छ, विकेट जोगाउनु भन्दा बरु १७ ओभरमै आउट हुनु किन नपरोस्”

“जहाजमा धेरै प्वाल छन् , एउटा थुन्दा अर्को ठाउँबाट पानि चुहिरहेको छ। हामीले एक जुट भएर खेल्नुपर्छ। नतिजा पाउनको लागि सबै पक्ष एकै खेलमा चल्नुपर्छ।  म सधै भन्ने गर्छु खेलाडीहरुलाई कि प्रक्रियामा ध्यान देउ। जब तपाई अघिल्लो खेलको नतिजा हेर्नुहुन्छ त्यसले अर्को खेलमा अतिरिक्त दबाब बन्ने गर्छ।”

लक्ष्य पछ्याउने क्रममा चेन्नाईको लागि अम्बाति रायडुले ४२ र एन. जगदीशनले ३३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेका थिएनन्। धोनी ६ बलमा १० रन बनाएर चहलबाट क्याच आउट भएका थिए।

जितपछि बैंगलोर कप्तान तथा खेलको प्लेयर अफ द म्याच समेत चुनिएका बिराट कोहलीले इनिंगको दौरान १४० देखि १५० रन बनाउने सोच बनाएता पनि त्यो भन्दा बढी रन बनेको बताए –

“हाम्रो सुरुवात उत्कृस्ट हुन सकेन। दोश्रो हाफको टाइम आउट पछि हामीले १४० देखि १५० राम्रो योगफल हुने सोचेका थियौं। तर अन्तिममा त्यो भन्दा धेरै बनाउन सक्यौं। पिच त्यति सहज थिएन। २ अंक पाउदा खुसि लागेको छ। हामिले अब लगातार खेलहरु खेल्नुछ त्यसैले लय आवस्यक छ। परिस्थितिलाई बुझेर खेललाई सम्मान गर्नुपर्छ।”

आफ्नो ब्याटिंगको बारे कोहलीले बताए – “प्रत्येक बललाई बाउन्ड्री बाहिर हिर्काउनु भन्दा पनि यति धेरै क्रिकेट खेलीसकेपछि विशेष गरि टि-२० क्रिकेटमा मैले सिकेको छु कि तपाई क्रिजमा जमी सक्नु भएको छ भने डेथ ओभरमा रन बढाउन सक्नुहुन्छ। मुम्बईसंगको ( सुपर ओभरमा गएको खेल ) खेल सम्म म बढी प्रयास गरिरहेको थिए। म जिम्मेवारीबारे धेरै सोचीरहको थिए जसले गर्दा भार थपिएको थियो। यो दौरान गरेको अभ्यासले पनि मलाई सहयोग गर्यो।”  कोहलीले लिगमा दोश्रो अर्धशतक बनाउने क्रममा अविजित ९० रन बनाए।

जितपछि बैंगलोर ४ जित र २ हार पछि ८ अंक बटुल्दै अंकतालिकाको चौथो स्थानमा पुगेको छ। समान ८ अंक रहेता पनि नेट रन रेटमा अघि रहने मुम्बई दोश्रो र कोलकाता तेश्रो स्थानमा रहेको छ। १० अंक सहित दिल्ली शिर्षस्थानमा छ। चेन्नाई ७ खेलमा २ जित र ५ हार पछि ४ अंक सहित छैठौं स्थानमा यथावत रहेको छ।

चेन्नाईले आगामी खेल मंगलबार हैदरावादसंग तथा बैंगलोरले सोमबार कोलकातासंग खेल्ने तालिका रहेको छ।

फेरी चलेन चेन्नाईको ब्याटिंग, बैंगलोरको सहज जित ( अंकतालिका सहित )

मुखबाट कोलकाताले जित खोसेपछि पन्जाब कप्तान राहुलको प्रतिक्रिया “मसंग जवाफ छैन”

रोमान्चक खेलमा कोलकातासंग पन्जाब २ रनले पराजित, पन्जाबको लगातार पाँचौ हार

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy