टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण

२०७७ आश्विन २५, आईतवार १५:५९

Sandeep Lamichhane

करेबियन प्रिमियर लिग टि-२० खेल्न वेस्टइन्डिज जानु अघि सन्दिप लामिछानेले टियु मैदानको लागि घोषणा गरेको सहयोग रकम आइतबार हस्तान्तरण गरिएको छ।

घोषित रु. १ लाख आज टियु मैदानमा पुगेर सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले हस्तान्तरण गरेको जानकारी गराएका छन्।


“लकडाउनका कारण कति ग्राउण्डस्टाफहरु एकदमै पिडामा हुनुहुन्थ्यो होला। मैले पनि नजिकबाट नियाल्न नपाएता पनि बुझ्दा वहाँहरुले यो अवधिमा तलब पनि रोकिएको हुँदा धेरै नभए पनि स्टाफहरुको लागि सानो सहयोग १ लाख गरेको छु। धेरै ठूलो रकम हैन तर मेरो हैसियतले त्यति सहयोग गरेको छु। मैदानमा वहाँहरुले सधै काम गर्नु हुन्छ, हाम्रो लागि पिच र ग्राउण्ड तयार गर्नु हुन्छ।” सन्दिपले रकम घोषणा गर्दा बताएका थिए।

व्यवस्थापक शिवाकोटीका अनुसार सन्दिपले नियमित रुपमा विदेशी लिगहरु खेल्न जानु अघि ग्राउण्डस्टाफहरुलाई सहयोग गर्दै आएका छन् जसलाई निरन्तरता दिएका हुन्। यस्तै उनले सडक बालबालिकाहरुलाई पनि नियमित सहयोग गर्दै आएका छन्।

“फ़्रेन्चाइज् लिग खेल्न जानु अघि प्रायजसो सन्दिपले सहयोग गर्दै आएका छन्। कोभिड-१९ का कारण मैदानका कर्मचारीहरुको अवस्था नाजुक रहेकोछ त्यसैले पिडामा थोरै मलम लगाउने प्रयास हो।” शिवाकोटीले बताए।

https://www.facebook.com/WicketNepal/posts/1983610655109060

तलब नपाएको भएता पनि टियु मैदानका करिब १ दर्जन कर्मचारीहरु नियमित काम गरिरहेका छन्। त्यसैको फलस्वरुप अहिले टियु मैदान सुन्दर देखिएको छ।

सन्दिप सिपिएल टि-२० मा सहभागिता जनाएपछि वेस्टइन्डिजबाट सोझै युएई प्रस्थान गरेका थिए। उनि लगातार तेश्रो सिजन दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गरिरहेका छन्।

IPL : पहिलो खेलमा सन्दिपले मौका नपाउनुको ३ कारण

सन्दिपलाई भारतीय टिममा छनौट गर्ने गावस्करको चाहना

एसोसिएट राष्ट्रबाट आईपीएल खेल्ने ५ क्रिकेटर

विदेशी लिगमा सन्दिपको १० व्यक्तिगत कीर्तिमान

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy