छक्का हान्दै राजस्थानलाई जिताएपछि परागको रोचक नृत्य, खेलपछि बताए रहस्य

२०७७ आश्विन २५, आईतवार २२:३५

जब रियान परागले खलिल एहमदको बललाई छक्का प्रहार गर्दै राजस्थानलाई हैदरावाद बिरुद्ध रोमान्चक जित दिलाए तब १८ वर्षीय ब्याट्सम्यानले मैदानमा विशेष नृत्य गर्दै खुसि मनाए।

यसस्वी जैसवालको स्थानमा राजस्थानको अन्तिम-११ मा मौका पाएका मध्यक्रम ब्याट्सम्यान परागले राहुल तेवतियासंग मिलेर उत्कृस्ट साझेदारी गर्दै राजस्थानलाई जित सम्म पुर्याए। १५९ रनको लक्ष्य पछ्याउने क्रममा ७८/५ को अवस्थामा पुगेको राजस्थानको लागि दुवैले ८५ रनको अविजित साझेदारी गरे र टिमलाई अन्ततः ५ विकेटको जित दिलाए।

एक्स्ट्रा कभर माथि छक्का हान्दै जित दिलाएपछि परागले हेल्मेट फुकाले, ब्याटलाई छेउमा राखे र नाच्न थाले। टाउको र कम्मरमा हात राख्दै उनको नाचले सबैलाई ध्यानाकर्षण गर्यो भने कौतुहलता समेत भयो। परागले आईपीएलमा यस्तो नृत्य देखाएको यो पहिलो पटक हैन। गत सिजन लिगमा डेब्यु गर्दा उनले श्रेयस ऐयरको रुपमा करियरको पहिलो विकेट लिएपछि पनि यस्तै गरि नाचेका थिए।

२००१ मा जन्मिएका परागले यस अघि भारतीय यु-१९ टिमको प्रतिनिधित्व गरिसकेका छन् जसले २०१७-१८ सिजनमा आसामको लागि रन्जी ट्रफी डेब्यु गरेका थिए। उनको पिता पराग दासले समेत आसमको लागि १९९० को दशकमा प्रथम श्रेणी क्रिकेट खेलेका थिए।

हैदरावादसंगको खेलमा परागले २६ बलमा २ चौका र २ छक्का मद्दतले अविजित ४२ रन प्रहार गरे। खेलपछि उनले आफ्नो विशेष नृत्यबारे बताए –

“मैले अन्तिममा गरेको ‘बिहु नृत्य’ थियो। यो आसमको परम्परागत नृत्य हो। केहि आसामीहरु पनि बालकोनीमा थिए जसकारण खेलपछि रमाइलो भयो।”

परागले आफ्नो इनिंग बारे प्रतिक्रिया दिने क्रममा तेवतिया क्रिजमा आउदा खेललाई जतिसक्दो पर लैजाने प्रयास गरेको बताए-

“जब तेवतिया ब्याटिंगमा आए हाम्रो उद्देश्य खेल सक्दो पर लैजाने थियो। अन्तिम ४ ओभरमा राशिदको पनि ओभर बाँकी थियो। हामीले राशिदलाई तेवतियाले आक्रमण गर्ने योजना बनायौं जुन सफल भयो।”

“म ब्याटिंग गर्न जाँदा राशिदले राम्रो बलिंग गरिरहेका थिए भने विकेट पनि ढिलो थियो। हामीले फास्ट बलरलाई टार्गेट गर्ने योजना बनायौं जुन काम पनि गर्यो।”

“म सपना देख्ने गर्छु जसमा यस्तै परिस्थितिहरु कल्पना गर्छु। अहिले बल्ल मैले आफ्नो वास्तविकतालाई महसुस गरिरहेको छु। मलाई यस्तो परिस्थितिहरु मन पर्छ , जब टिमलाई मेरो आवस्यकता महसुस हुन्छ म आफ्नो हात उठाउने गर्छु।”

पराग र तेवतियाले गरेको अविजित ८५ रनको साझेदारी आईपीएल इतिहासमै लक्ष्य पछ्याएर जितेको खेलमा छैठौं विकेटको लागि संयुक्त रुपमा दोश्रो ठूलो साझेदारी हो। यस अघि २०१४ मा स्टिभ स्मिथ र जेम्स फल्कनरले बैंगलोर बिरुद्ध ८५ रनकै साझेदारी गरेका थिए। सबैभन्दा धेरै अम्बाति रायडु र काइरन पोलार्डले २०१२ मा बैंगलोर बिरुद्ध १२२ रनको साझेदारी गरेका थिए।

सातौँ खेलमा तेश्रो जितपछि ६ अंक बटुल्दै राजस्थान छैठौं स्थानमा पुगेको छ। हारपछि हैदरावाद समान ६ अंक रहेता पनि नेट रन रेटमा राजस्थान भन्दा १ स्थान अघि रहेको छ। दुवै टिमले ७ खेलमा ३ जित र ४ हार बेहोरेका छन्। राजस्थानले आगामी खेल बुधबार दिल्ली बिरुद्ध तथा हैदरावादले मंगलबार चेन्नाई बिरुद्ध खेल्ने तालिका रहेको छ।

तेवतिया र परागको उत्कृस्ट साझेदारी, रोमान्चक खेलमा राजस्थानद्वारा हैदरावाद पराजित

शोयब मलिक टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिलो एशियाली ब्याट्सम्यान

टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy