राहुल तेवतिया र रियान परागले आइतबार राति हैदरावाद बिरुद्ध रोमान्चक जित दर्ता गर्ने क्रममा १५९ रनको लक्ष्य पछ्याउदै ७८/५ को मुस्किल अवस्थाबाट साझेदारी गर्दै राजस्थानलाई पार लगाए। खेलको १२ औं ओभरमा ७८/५ को नाजुक अवस्थाबाट पराग र तेवतियाले साझेदारी सुरु गरे। दुवैले सावधानीपूर्वक ब्याटिंग गरे जुन क्रममा अन्तिम ५ ओभरमा ६५ रन आवस्यक हुँदा दुवै ब्याट्सम्यानले गेर परिवर्तन गर्दै सन्दिप शर्मा, टि नटराजन र राशिद खान बिरुद्ध आक्रमण सट खेल्दै १ बल अघि टिमलाई जित दिलाए। तेवतियाले २८ बलमा ४५ तथा परागले २६ बलमा ४२ रन बनाए।
खेलको अन्त्य रोमान्चक रह्यो तर खेलको क्रममा र खेलपछि घटनाले भने क्रिकेट प्रेमीहरुले खल्लो महसुस गरे। खेलपछि डेभिड वार्नरसंग तेवतिया कसैलाई औंला ठड्याएर कुरा गरिरहेका थिए।

के भएको थियो
रियान परागले खलिल एहमदलाई छक्का प्रहार गरेर खेल जिताए लगत्तै राहुल तेवतिया विवाद गर्दै गरेको देखिए। विवादको सुरुवात अन्तिम ओभरको सुरुवातमै भएको थियो। ओभरको दौरान दुवैले एक अर्का बिरुद्ध शब्द साटासाट गरिरहेका थिए। ओभरको चौथो बलमा दुवै जना एक अर्कालाई शब्द साटासाट गरिरहेको देखिएका थिए।
खलिललाई लंग-अनमा १ रनको लागि खेल्दा रन लिने क्रममा तेवतिया खलिलसंग ठोकिएका थिए, त्यसबेला खलिलले तेवतियालाई केहि भनेपछि तेवतिया भड्किएका थिए। खलिल बलिंग गर्न फर्कदै थिए जतिबेला तेवतिया उनितिर फर्केर रिसमा केहि भन्दै थिए।
खेल सकीएपछि डेभिड वार्नरले तेवतियासंग भेटे जतिबेला तेवतिया निकै आक्रोशमा देखिएका थिए र औंला ठड्याएर आक्रोशमा कुरा गरिरहेका थिए। वार्नरले उनको कुरा सुने जुन बेला अम्पायर पनि त्यहाँ पुगेका थिए। वार्नरसंग कुरा गरेपछि तेवतियाले खेलाडीहरुसंग हात मिलाउन गए।
विवादको अन्त्य भने सुखद रह्यो। खलिल र तेवतियाको त्यसपछि कुराकानी भयो जुन दौरान खलिलले तेवतियाको काधमा हात राखेर तथा तेवतियालाई थपथपाउदै केहि भनिरहेका थिए। त्यसबेला भने तेवतिया केहि शान्त मुडमा देखिएका तेवतिया खलिललाई औंला ठड्याएर केहि भनिरहेका थिए। त्यसपछि शान्त भएर तेवतिया बाहिरिए। तेवतियाको काधमा खलिलले हात राख्दै गर्दा कमेन्टेटरले सामाजिक दूरी कायम राख्न भन्दै मजाक गरेका थिए। दुवैको मिलाप देखेर कमेन्टेटरले “यो आईपीएल हो र उनको भावना हो, हामीलाई मन पर्यो” भनेका थिए।
Tewatia was not happy with khaleel 🗣️👀#SRHvsRR #SRH #Tewatia #Khaleel #IPL2020 pic.twitter.com/XjS3XFzBnx
— Shivam (@wtfshivam) October 11, 2020
खेलपछि कुरा गर्दै तेवतियाले खेलमा यस्तो परिस्थिति आउने बताए – “हो अन्तिममा केहि चर्काचर्की थियो तर त्यस्तो परिस्थितिमा त्यस्तो हुनु स्वाभाविक हो।” उनले बतए।
तेवतियाले अफ्नो इनिंग तथा राशिद खानलाई आक्रामक सट खेलेको प्रसंगमा पनि बोले – “सुरुवात देखि मेरो जिम्मेवारी स्पस्ट थियो। म राम्रो ब्याटिंग गरिरहेको थिए त्यसैले आत्मविश्वास थियो। अभ्यास खेलमा समते म बल राम्रोसंग हानिरहेको थिए। तपाईले जिम्मेवारी निभाउने कुरा हो।”
“म जब भित्र पुगे रियानले बताए कि विकेट ढिलो छ त्यसैले खेललाई अन्तिमसम्म लैजानु राम्रो बिकल्प ह। अन्तिम ४ ओभरमा ५५-६० रननै किन नहोस् हामीसंग मौका थियो किनकि हामी दुवै ‘पावर हिटर’ हौँ। रनरेट बढ्दै जाँदा हामिले विकेट फाल्न हुन्थेन।”

“राशिद बिरुद्ध मैले रियानलाई भनेको थिए कि राम्रो बल छ भने सम्मान गर , हान्ने खालको भए मात्र हान्नु। मौका मिलेमा १ रन लिएर मलाई स्ट्राइक दिनु म चान्स लिन्छु। र त्यहीनै भयो। उनले १ रन लिए र मलाई मौका दिए। फिल्डरहरु राखिए अनुसार रिभर्स स्विप हान्नु राम्रो बिकल्प थियो। २ चौका पछि मैले फेरी हान्छु सोचेको थिइन। तर बल मेरो एरियामा खस्यो जसपछि मैले थाम्न सकिन।”
पराग र तेवतियाले गरेको अविजित ८५ रनको साझेदारी आईपीएल इतिहासमै लक्ष्य पछ्याएर जितेको खेलमा छैठौं विकेटको लागि संयुक्त रुपमा दोश्रो ठूलो साझेदारी हो। यस अघि २०१४ मा स्टिभ स्मिथ र जेम्स फल्कनरले बैंगलोर बिरुद्ध ८५ रनकै साझेदारी गरेका थिए। सबैभन्दा धेरै अम्बाति रायडु र काइरन पोलार्डले २०१२ मा बैंगलोर बिरुद्ध १२२ रनको साझेदारी गरेका थिए।
तपाईलाई जानकारीनै छ कि यस भन्दा अघि पनि तेवतियाले राजस्थानलाई पन्जाब बिरुद्ध जित दिलाउने क्रममा अपत्यारिलो ब्याटिंग गरेका थिए। शेल्डन कटरेलको एकै ओभरमा लगातार ४ छक्का सहित ५ छक्का हिर्काएका थिए। लिगमा तेवतियाले ७ खेलमा ३७.८० को औशत र १५२.४१ को स्ट्राइक रेटले १८९ रन बनाएका छन् भने ५ विकेट पनि लिईसकेका छन्।
सातौँ खेलमा तेश्रो जितपछि ६ अंक बटुल्दै राजस्थान छैठौं स्थानमा पुगेको छ। हारपछि हैदरावाद समान ६ अंक रहेता पनि नेट रन रेटमा राजस्थान भन्दा १ स्थान अघि रहेको छ। दुवै टिमले ७ खेलमा ३ जित र ४ हार बेहोरेका छन्। राजस्थानले आगामी खेल बुधबार दिल्ली बिरुद्ध तथा हैदरावादले मंगलबार चेन्नाई बिरुद्ध खेल्ने तालिका रहेको छ।
रोमान्चक खेलमा दिल्लीलाई पराजित गर्दै मुम्बई शिर्षस्थानमा
छक्का हान्दै राजस्थानलाई जिताएपछि परागको रोचक नृत्य, खेलपछि बताए रहस्य
तेवतिया र परागको उत्कृस्ट साझेदारी, रोमान्चक खेलमा राजस्थानद्वारा हैदरावाद पराजित
टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण
७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य
