वेस्टइन्डिज ब्याट्सम्यान ‘युनिभर्स बोस’ क्रिस गेल पेटको समस्याबाट बाहिर आएका छन् जसपछि बैंगलोरको बिरुद्ध किंग्स-११ पन्जाबले बिहिबार शारजाहमा खेल्न सम्भावना प्रवल मानिएको छ। फुड पोइजनका कारण उनि अस्पताल भर्ना भएका थिए। हैदरावाद बिरुद्ध गत साता बिहीबार खेल्ने बताईएको भएता पनि सोहि कारण उनलाई बाहिर राख्नु परेको पन्जाब प्रशिक्षक अनिल कुम्बलेले बताएका थिए। पन्जाबले ट्वीटरमार्फत गेलको आगमन घोषणा गरेको हो जसपछि उनका फ्यानहरु उत्साहित भएका छन्।
Guess who’s back? 👀#SaddaPunjab #IPL2020 #KXIP https://t.co/azraXLCtRW
— Kings XI Punjab (@lionsdenkxip) October 12, 2020
पन्जाबले लिगमा ७ खेल खेल्दा मात्र १ खेल जित्न सकेको छ र अंकतालिकामा पुछारमा रहेको छ। बैंगलोर बिरुद्ध पनि हार बेहोरेको खण्डमा पन्जाबको प्लेअफ चरण पुग्ने सम्भावना समाप्त पनि हुनसक्छ। यस्तोमा गेलको आगमनले टिमको गुमेको लय फिर्ता हुने विश्वास गरिएको छ।
पन्जाब र बैंगलोर अन्तिम पटक आमनेसामने हुँदा केएल राहुल कप्तानीको टिमले बिराट कोहली कप्तानीको टिमलाई ९७ रनको ठूलो अन्तरले पराजित गरेको थियो। तर त्यसपछि पन्जाबले लगातार ५ खेलमा हार बेहोर्दा पुछारबाट उठ्न सकेको छैन। अर्कोतर्फ बैंगलोरले भने उत्कृस्ट पुनरागमन गर्दै अंकतालिकामा मुम्बई र दिल्लीसंग समान अंक बनाउदै तेश्रो स्थानमा रहेको छ। यो अवस्थामा गेलको आगमनले पन्जाबको डुब्न लागेको जहाज गेलले बच्ने छ या छैन हेर्न लायक हुनेछ।
गेलले गत सिजन आईपीएलमा पन्जाबको लागि दोश्रो धेरै रन बनाएका थिए। उनले १३ खेलमा ४ अर्धशतक मद्दतले ४९० रन बनाएका थिए जुन क्रममा १५३.६० को स्ट्राइक रेट र ४०.८३ को औशतले रन बनाएका थिए। त्यो भन्दा अघिल्लो वर्ष पन्जाबको लागि पहिलो सिजन गेलले ११ खेलमा १ शतक र ३ अर्धशतक प्रहार गर्दै ३६८ रन बनएका थिए जुन वर्ष पनि उनि टिमको दोश्रो सर्वाधिक रनकर्ता रहेका थिए।

गेलको आगमन भएमा उनले अस्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेललाई प्रतिस्थापन गर्ने सम्भावना प्रवल रहेको छ। म्याक्सवेल लिगमा फ्लप सावित भएका छन् जसले ७ खेलमा मात्र ५८ रन बनाउन सकेका छन्। टिमका अर्का विदेशी ब्याट्सम्यान निकोलस पुरनले भने पछिल्लो खेलहरुमा लय समातेका छन्।
ओपनिंग ब्याटिंग गर्ने गेलको आगमन भए सम्भवतः मायाँक अग्रवाल तेश्रो नम्बरमा ब्याटिंग गर्नेछन् र गेल र राहुलले ओपनिंग गर्नेछन्।
बायाँ हाते ब्याट्सम्यान गेल लिग इतिहासकै आठौँ सर्वाधिक रनकर्ता हुन् जसले १२५ खेलमा ४,४८४ रन बनाएका छन् जुन क्रममा सर्वाधिक ६ शतक र २८ अर्धशतक प्रहार गरेका छन्। लिग इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर अविजित १७५ रन तथा सर्वाधिक छक्का ( ३२६ ) पनि गेलकै नाममा रहेको छ। यस क्रममा उनले २०११ र २०१२ मा लगातार २ सिजन अरेन्ज क्याप जितेका थिए।
IPL : फर्म खोजिरहेको चेन्नाईलाई हराउदै हैदरावादलाई शिर्ष-४ पुग्ने अवसर
कोहलीले डी भिल्लीयर्सलाई यस कारण माने “सुपर म्यान”
IPL : बैंगलोर बिरुद्ध कोलकाताले सुनिल नारायणलाई किन खेलाएन
कोलकाता बिरुद्ध विशाल जित दर्ता गर्दै बैंगलोर तेश्रो स्थानमा उक्लियो
