IPL M29 – हैदरावाद बिरुद्ध चेन्नाईले ब्याटिंग गर्ने, दुवै टिममा एउटा परिवर्तन

२०७७ आश्विन २७, मंगलवार १९:२४

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत मंगलबार २९ औं खेलमा डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबाद र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।

खेलमा टस जितेर चेन्नाई कप्तान महेन्द्र सिंह धोनीले ब्याटिंग रोजेका छन्। टसको क्रममा धोनीले पछिल्लो खेलहरुमा पनि पहिले ब्याटिंग गर्न चाहेको तर अवसर नपाएको बताए। चेन्नाईले टिममा एउटा परिवर्तन गरेको छ। जगदिशन नारायणको स्थानमा लेग स्पिनर पियुष चावलाले पुनः मौका पाएका छन्।

चेन्नाईको अन्तिम ११ : शेन वाटसन, फाफ डुप्लेसिस, अम्बाती रायडु, पियुष चावला , महेन्द्र सिंह धिनी, स्याम करन, रविन्द्र जडेजा, ड्वेन ब्राभो, दिपक चहार, शार्दुल ठाकुल, कर्न शर्मा

देब्रे हाते स्पिनर शाहबाज नदीमले पहिलो पटक मौका पाएका छन्

हैदरावाद कप्तान डेभिड वार्नरले सबै टिमले पहिले ब्याटिंग गर्न चाहेको बताउदै विकेटले कसरि खेल्नेछ हेर्न रोचक हुने बताए। मैदानको एक पट्टिको बाउन्ड्री छोटो रहेकोले त्यसको सदुपयोग गर्नुपर्ने उनले बताए। उनले बिगतको हारलाई बिर्सेर खेल्नुपर्ने बताए।

हैदरावादले टिममा एउटा परिवर्तन गरेको छ। देब्रे हाते स्पिनर शाहबाज नदीमले पहिलो पटक मौका पाएका छन्। अर्का देब्रे हाते स्पिनर अलराउण्डर अभिषेक शर्मालाई बाहिर राखिएको छ। नदीमले लिगमा यस अघि ६४ खेल खेलीसकेका छन् जसमा ४२ विकेट लिएका छन्।

हैदरावादको अन्तिम ११ : डेभिड वार्नर ( कप्तान ), जोनी बेयरस्टो ( विकेटकिपर ), मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, शाहबाज नदीम , विजय शंखर, राशिद खान, सन्दिप शर्मा, खलिल एहमद, टि नटराजन

पछिल्लो भेट :- जारी सिजन यी दुई टोलिबीच आज दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ। लिगको १४ औं खेलमा चेन्नाई र हैदराबादबीच प्रतिस्पर्धा भएको थियो जसमा हैदराबादले ७ रनको साँघुरो जित दर्ता गरेको थियो। प्रियम गर्गको ५१ रनको अविजित पारीको मद्दतमा हैदराबादले पहिले ब्याटिंग गर्दै १६५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५७ रन बनाउन सकेको थियो। रविन्द्र जडेजाले अर्धशतकिय तथा कप्तान धोनीले ४७ रनको अविजित पारी खेलेका थिए।

अंकतालिका : यस अघि ५ खेलमा ४ अकं बटुल्दै हैदराबाद अंकतालिकाको पाचौं स्थानमा छ तथा ७ खेल खेलेको चेन्नाई ४ हार र २ जितपछि सातौं स्थानमा छ। हैदराबाद आजको खेलमा जित हात पार्दै चौथौं स्थानमा उक्लन चाहन्छ। यस्तै, खराब लयमा रहेको चेन्नाई महत्वपुर्ण २ अंक हासिल गर्दै तालिकामा शिर्ष-४ स्थान सुरक्षित गर्न चाहन्छ।

हेड टु हेड :- हालसम्म यी दुई टोलिबीच कुल १३ पटक प्रतिस्पर्धा भएको छ जसमध्ये चेन्नाई ९ र हैदराबाद ४ खेलमा विजयी भएको छ। गत सिजन दुबै टोलिले समान १-१ खेल जितेका थिए। दुबै टोलिले ६ विकेटको जित हात पारेको थिए।

यो पनि पढ्नुस – 

IPL : फर्म खोजिरहेको चेन्नाईलाई हराउदै हैदरावादलाई शिर्ष-४ पुग्ने अवसर

डी भिल्लीयर्सलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन भारतीय मुख्य प्रशिक्षक आग्रह

निको भए गेल, बैंगलोर बिरुद्ध गेल खेल्ने सम्भावना प्रवल, कसलाई गर्लान् प्रतिस्थापन

कोहलीले डी भिल्लीयर्सलाई यस कारण माने “सुपर म्यान”

IPL : बैंगलोर बिरुद्ध कोलकाताले सुनिल नारायणलाई किन खेलाएन

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy