IPL : चोटले छोडेन दिल्लीलाई, कहिले खेल्छन् पन्त

२०७७ आश्विन २८, बुधबार ०९:३५

दिल्ली क्यापिटल्सका आक्रामक विकेटकिपर ब्याट्सम्यान रिशभ पन्त अझै मैदानमा नदेखिने भएका छन्। खुट्टाको मांसपेशीमा ‘ए’ ग्रेडको चोट रहेको छ जसकारण उनको स्थानमा अर्का विकेटकिपर ब्याट्सम्यान अस्ट्रेलियाका एलेक्स केरीले अझै मौका पाउने सम्भावना छ। दिल्लीले आठौँ खेलमा बुधबार राजस्थान रोयल्ससंग प्रतिस्पर्धा गर्दैछ।

“दिल्ली क्यापिटल्सले स्क्यान रिपोर्ट भारतीय क्रिकेट बोर्डको मेडिकल टिमलाई पठाएको छ किनकि बोर्डको केन्द्रिय अनुबन्धमा रहेका खेलाडीको मामलामा यस्तो गर्नु जरुरि छ। यसले यो थाहा भएको छ कि पन्तको चोट ‘ए’ ग्रेड को हो।” पिटीआईलाई उधृत गर्दै इंडियाडटकमले लेखेको छ।

चोटका कारण पन्त अझै ९ दिन खेल्न नसक्ने सम्भावना रहेको बताईएको छ। दिल्लीले बुधबार राजस्थानसंग खेलेपछि शनिवार चेन्नाई र अक्टोबर २० तारिखमा पन्जाब बिरुद्ध खेल्ने तालिका रहेको छ। कम्तिमा २ वटा खेल पन्तले गुमाउने निश्चित जस्तो छ। पन्जाब बिरुद्ध खेल्न नसके उनि त्यसपछि २४ तारिखमा हुने कोलकातासंगको खेलमा उपलब्ध हुन सक्नेछन्।

पन्त नहुँदा टिमको सन्तुलन बिग्रेको छ। मुम्बई बिरुद्ध पछिल्लो खेलमा उनको पन्तको स्थानमा केरीले मौका पाउदा शिमरन हेटमायरलाई बाहिर राखिएको थियो भने अजिंके रहानेलाई पहिलो पटक मौका दिईएको थियो। खेलमा केरीले अविजित १४ रन बनाएका थिए भने रहाने १५ रन बनाएर आउट भएका थिए। तेश्रो नम्बरमा रहाने तथा पन्तले ब्याटिंग गर्ने चौथो नम्बरमा श्रेयस ऐयरले ब्याटिंग गरेका थिए।

लिगमा पन्तले ६ खेलमा ३५.२ को औशत र १३३ को स्ट्राइक रेटले १७६ रन बनएका छन्।

लिगमा पन्तले ठूलो योगफल बनाउन नसकेता पनि ६ खेलमा ३५.२ को औशत र १३३ को स्ट्राइक रेटले १७६ रन बनएका छन्। आईपीएल करियरमा उनले ६० खेलमा ३६ को औशत र १५९.४७ को स्ट्राइक रेटमा १,९१२ रन बनाइसकेका छन् जुन क्रममा १ शतक र ११ अर्धशतक प्रहार गरेका छन्।

दिल्लीका खेलाडीहरुलाई सिजनको सुरुवात देखि चोटले सताइरहेको छ। अमित मिश्रा र इशान्त शर्मा दुवै चोटले लिगबाटै बाहिरिएका छन्। रभीचन्द्रन आश्विनले पनि चोटले २ खेल गुमाएका थिए। राम्रो बिकल्प उपलब्ध रहेकोले खेलाडी बाहिरिएता पनि त्यसले दिल्लीको प्रदर्शनमा ठूलो प्रभाव पारेको छैन। इशान्त शर्मा नहुँदा पनि फास्ट बलिंगमा कागीसो रबाडा, मार्कस स्टोइनिस र हर्षल पटेलको प्रदर्शन राम्रो छ। अर्कोतर्फ मिश्रा नहुँदा आश्विन र अक्षर पटेलले स्पिन पक्ष राम्रो सम्हालीरहेका छन्। स्पिनमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने पनि बिकल्प छन्।

लिग अंकतालिकामा दिल्ली ७ खेलमा ५ जित र २ हार पछि १० अंक सहित दोश्रो स्थानमा रहेको छ। मुम्बई र बैंगलोरको पनि समान जित र हार रहेको छ तर नेट रन रेटमा अघि रहेको मुम्बई पहिलो तथा बैंगलोर तेश्रो स्थानमा रहेको छ।

निको भए गेल, बैंगलोर बिरुद्ध गेल खेल्ने सम्भावना प्रवल, कसलाई गर्लान् प्रतिस्थापन

IPL : धोनीले त्यस्तो के गरे, जसपछि अम्पायरले निर्णयनै परिवर्तन गरे

डी भिल्लीयर्सलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन भारतीय मुख्य प्रशिक्षकको आग्रह

कोहलीले डी भिल्लीयर्सलाई यस कारण भने “सुपर म्यान”

बैंगलोर बिरुद्ध कोलकाताले सुनिल नारायणलाई किन खेलाएन

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy