युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बुधबार ३० औं खेलमा श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सले स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान रोयल्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।
खेलमा दिल्ली कप्तान श्रेयस ऐयरले टस जितेर ब्याटिंग गर्ने निर्णय लिएका छन्।
राजस्थानले अन्तिम ११ मा कुनै पनि परीवर्तन गरेको छैन। आज पनि बेन स्टोक्सले ओपनिंग ब्याटिंग गर्ने कप्तान स्टिभ स्मिथले बताएका छन्।
राजस्थानको अन्तिम ११ : बेन स्टोक्स, जोस बटलर ( विकेटकिपर ), स्टिभ स्मिथ ( कप्तान ), सन्जु स्यामसन, रोबिन उथप्पा, रियान पराग, राहुल तेवतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनदकत , कार्तिक त्यागि
दिल्लीले अन्तिम-११ मा एउटा परिवर्तन गरेको छ। फास्ट बलर हर्षल पटेलको स्थानमा दायाँ हाते फास्ट बलर तुषार देशपाण्डेले स्थान पाएका छन्। पाण्डेको यो दिल्ली र आईपीएलमा डेब्यु खेल हुनेछ।

दिल्लीको अन्तिम ११ : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर ( कप्तान ), अजिंक्य रहाणे, एलेक्स केरी ( विकेटकिपर ), मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, तुषार देशपाण्डे
पछिल्लो भेट : लिग अन्तर्गत जारी सिजन २३ औं खेलमा राजस्थान र दिल्लीबीच प्रतिस्पर्धा भएको थियो जसमा दिल्ली ४६ रनको फराकिलो अन्तरले विजयी भएको थियो। पहिले ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाउदै १८५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा राजस्थान १९.४ ओभरमा १३८ रन बनाउदै अल आउट भएको थियो।
हेड टु हेड : हालसम्म यी दुई टोली कुल २१ पटक आमने-सामने भएका छन् जसमध्य राजस्थान ११ खेलमा तथा दिल्ली १० खेलमा विजयी भएको छ। दिल्ली पछिल्लो ४ खेलमा राजस्थान विरुद्ध अपराजित छ।

अंकतालिका : यस अघि ७ खेलमा ५ जित हात पारेको दिल्ली १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। आजको खेलमा जित हात पार्दै दिल्लीलाई शिर्ष स्थानमा उक्लने अवसर छ। समान ७ खेल खेलेको राजस्थान ३ जित र ४ हारपछि अंकतालिकाको सातौं स्थानमा छ। आजको खेलमा जित हात पार्दै राजस्थान अंकतालिकामा अघि बढ्न चाहन्छ।
IPL : कायम राख्ला दिल्लीले राजस्थान बिरुद्धको अपराजित यात्रा ?
IPL : चोटले छोडेन दिल्लीलाई, कहिले खेल्छन् पन्त
IPL : धोनीले त्यस्तो के गरे, जसपछि अम्पायरले निर्णयनै परिवर्तन गरे
IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला
डी भिल्लीयर्सलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन भारतीय मुख्य प्रशिक्षकको आग्रह
