दिल्ली ब्याट्सम्यान शिखर धवनले बुधबार राजस्थान रोयल्स बिरुद्ध जितमा आईपीएल करियरको ३९ औं अर्धशतक बनाउने क्रममा ठूलो रेकर्ड बनाएका छन्। धवनले राजस्थान बिरुद्ध दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ओपनिंग ब्याटिंग गर्दै ३३ बलमा ६ चौका र २ छक्का मद्दतले ५७ रन बनाएका थिए।यो संगै धवन लिगमा सबैभन्दा धेरै अर्धशतक बनाउने भारतीय ब्याट्सम्यान बनेका छन्।
रेकर्ड बनाउने क्रममा धवनले बिराट कोहली, सुरेश रैना र रोहित शर्मालाई पछि पारेका हुन्। तिन जना ब्याट्सम्यानले समान ३८ अर्धशतक बनाएका छन्। एबि डी भिल्लीयर्स र गौतम गम्भीरले समान ३६ अर्धशतक बनाएका छन्।

लिगमा समग्रमा सबैभन्दा धेरै अर्धशतक प्रहार गर्ने ब्याट्सम्यान डेभिड वार्नर हुन् जसले ४६ अर्धशतक बनाइसकेका छन्। धवन समग्रमा दोश्रो स्थानमा रहेका छन् जो वार्नरलाई भेट्न ७ अर्धशतक टाढा छन्। धवनले जारि लिगमा दोश्रो अर्धशतक बनाएका हुन्। यस अघि बायाँ हाते ब्याट्सम्यानले अघिल्लो खेलमा मुम्बई बिरुद्ध ६९ रन बनाएका थिए।
पहिलो सिजन २००८ देखि आईपीएल खेलेका धवनले पहिलो सिजननै ४ अर्धशतक बनाएका थिए। त्यसपछि दोश्रो सिजनमा अर्धशतक प्रहार नगरेका धवनले क्रमशः सिजनहरुमा २ , २ , ५ , ३ , २ , ३ , ४ , ३ , ४ , ५ र २ अर्धशतक बनाएका थिए। गत सिजन उनले ५ अर्धशतक बनाएका थिए। उनले हालसम्म शतक भने बनाउन सकेका छैनन्।
लिगको सर्वाधिक रनकर्ताहरुको सूचीमा ३४ वर्षीय धवन पाँचौ स्थानमा रहेका छन् जसले १६७ खेलमा ४,८३७ रन बनाएका छन्। यो सिजन उनले ८ खेलमा २५८ रन बनाएका छन्। उनि भन्दा अघि बिराट कोहली ( ५,६६८ ) , सुरेश रैना ( ५,३६८ ) , रोहित शर्मा ( ५,११४ ) र डेभिड वार्नर ( ४,९९० ) रहेका छन्।
जारि लिगमा डेभिड वार्नरले ४६ औं अर्धशतक बनाउदै लिग इतिहासमा १०० पटक ५० माथिको स्कोर बनाउने पहिलो ब्याट्सम्यान बनेका थिए। वार्नरले ४ शतक र ४६ अर्धशतक बनाएका छन्।

आईपीएलमा सर्वाधिक अर्धशतक बनाउने ब्याट्सम्यान :-
४६ – डेभिड वार्नर
३९ – शिखर धवन
३८ – बिराट कोहली, सुरेश रैना र रोहित शर्मा
३६ – गौतम गम्भीर र एबि डी भिल्लीयर्स
२८ – क्रिस गेल
२७ – अजिंके रहाने
२४ – रोबिन उथप्पा
२३- महेन्द्र सिंह धोनी
२१ – शेन वाटसन
लिगमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान क्रिस गेल हुन् जसले ६ शतक बनाएका छन्। दोश्रो धेरै बिराट कोहलीले ५ र तेश्रो धेरै डेभिड वार्नर र शेन वाटसनले समान ४ शतक बनाएका छन्। एबि डी भिल्लीयर्सले ३ शतक बनाएका छन्। अजिंके रहाने, ब्रेण्डन म्याकलम, बिरेन्द्र सेहवाग, मुरली विजय, केएल राहुल, एडम गिलक्रिस्ट र हाशिम अमलाले समान २ शतक बनाएका छन्।
रोमान्चक खेलमा राजस्थानलाई पराजित गर्दै दिल्ली पुनः शिर्षमा
इमरान ताहिरको सबैको मन जित्ने ट्वीट
निको भए गेल, बैंगलोर बिरुद्ध गेल खेल्ने सम्भावना प्रवल, कसलाई गर्लान् प्रतिस्थापन
डी भिल्लीयर्सलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन भारतीय मुख्य प्रशिक्षकको आग्रह
