युएईमा जारि १३ औं आईपीएल अन्तर्गत शनिवारको पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन्।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिंग रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १७७ रन बनाउदै बैंगलोरलाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
राजस्थानको लागि कप्तान स्टिभ स्मिथले करियरको ११ औं तथा सिजनको तेश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५७ रन बनाए। उनले ३० बलमा अर्धशतक पुरा गरेका उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै ओपनर रोबिन उथप्पाले ४१ रन बनाए जुन क्रममा मात्र २२ बलमा ७ चौका र १ छक्का हिर्काए। जोस बटलरले २४, राहुल तेवतियाले अविजित १९ तथा बेन स्टोक्सले १५ रन बनाए।

राजस्थानले इनिंगको उत्कृस्ट सुरुवात गर्यो। सिजनमा पहिलो पटक आफ्नो पुरानै क्रम ओपनिंगमा आएका रोबिन उथप्पा र बेन स्टोक्सले पहिलो पटक सिजनमा टिमलाई अर्धशतकीय ओपनिंग साझेदारी गराए। स्टोक्सलाई छैठौं ओभरमा क्रिस मोरिसले विकेटकिपर डी भिल्लीयर्सबाट क्याच आउट गराउदै ५० रनको साझेदारी तोडे। पहिलो ६ ओभरमा राजस्थानले १ विकेट गुमाएर ५२ रन बनाएको थियो।
विस्फोटक ब्याटिंग गरेका उथप्पालाई आठौँ ओभरमा लेग स्पिनर युज्भेन्द्र चहलले फिन्चबाट क्याच आउट गराए। सोहि ओभरमा ६ बलमा ९ रन बनाएका सन्जु स्यामसनलाई चहलले क्याच आउट गराउदै दोहोरो सफलता दिलाए।
६९/३ को अवस्थाबाट कप्तान स्मिथ र जोस बटलरले अर्धशतकीय साझेदारी गरे। ५८ रनको साझेदारीलाई तोड्ने क्रममा १६ औं ओभरमा मोरिसले बटलरलाई सैनीमार्फत क्याच आउट गराए।
त्यसपछि पाँचौ विकेटको लागि स्मिथ र तेवतियाले २५ बलमा ४६ रनको साझेदारी गरे। अन्तिम ओभरमा मोरिसले स्मिथलाई क्याच आउट गराए। डेब्यु गरिरहेका शाहबाज एहमदले उत्कृस्ट डाइभिङ क्याच लिए। इनिंगको अन्तिम बलमा मोरिसले जोफ्रा आर्चरको विकेट लिंदै विकेट संख्या ४ पुर्याए।

अन्तिम ५ ओभरमा राजस्थानले ५८ रन बनाउन सक्यो। यस क्रममा चहलले गरेको १८ औं ओभरमा १७ रन खर्चिए। ओभरमा २ पटक चहलले ओभर स्टेप गरेका थिए जुन बलमा स्मिथले चौका हिर्काएका थिए। १९ औं ओभरमा उदानाले १६ रन खर्चिए। २० औं ओभरमा मोरिसले मात्र ४ रन खर्चेर २ विकेट लिंदा राजस्थान विशाल योगफल बनाउन चुक्यो।
बैंगलोरको बलिंगमा क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन मात्र खर्चिए। मोरिसले स्टोक्स, स्मिथ, बटलर र आर्चरको विकेट लिए। युजभेन्द्र चहलले २ विकेट ( ४-०-३४-२ ) लिंदा शाहबाज एहमद ( २-०-१८-० ) , नभदिप सैनी ( ४-०-३०-० ) , इसुरु उदाना ( ३-०-४३-० ) र वासिंगटन सुन्दर ( ३-०-२५-० ) विकेटविहिन रहे।
दुबै टोलिले हालसम्म समान ८ खेल खेलिसकेका छन्। ८ खेलमा ५ जितसहित १० अंक बटुलेको बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा छ भने ३ जित र ५ हारपछि राजस्थान अंकतालिकाको सातौं स्थानमा छ। बैंगलोरलाई आज जित हात पार्दै अंकतालिकामा क्रमश: पहिलो र दोस्रो स्थानमा रहेको मुम्बई र दिल्लीसंग अंक बराबरी गर्ने मौकाछ। आज जित हात पार्दै राजस्थानलाई चौथौं स्थानमा उक्लिने मौका छ।
दिनको दोश्रो खेलमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। खेल शारजाह मैदानमा ७:४५ बजे राति सुरु हुनेछ।
मोर्गन कोलकाताको नयाँ कप्तान, अचानक किन छाडे दिनेश कार्तिकले कप्तानी
डिककले आक्रामक ब्याटिंग गर्दा कोलकाता सहजै पराजित, मुम्बई पुनः शिर्षमा
