IPL : खेल चल्दै गर्दा ड्रेसिंग रुममा फिन्चले भेपिंग गरेको देखिएपछि

२०७७ कार्तिक २, आईतवार ०९:३८

राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच शनिवार सम्पन्न रोमान्चक खेलको दौरान दोश्रो इनिंगमा बैंगलोरका ब्याट्सम्यान आरोन फिन्च ड्रेसिंग रुममा भेपिंग ( विधुतीय चुरोट पिउदै ) गरेको देखिएका छन्।

खेलमा राजस्थानले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा दोश्रो इनिंगको अन्तिम ओभरमा उक्त कुरा क्यामरामा कैद भएको थियो। ओभरको पहिलो बलमा १० रन आवस्यक हुँदा गुरकिरत सिंहले २ रन लिंदै गर्दा बैंगलोरलाई ५ बलमा ८ रन जित्न आवस्यक थियो। सोहि बेला क्यामराले तनावमा रहेको बैंगलोर टिमतिर क्यामरा घुमाएको थियो।

बैंगलोरको ड्रेसिंग रुममा देखाउदा फिन्चले भेपिंग गरेको देखिएपछि तुरुन्त उक्त दृश्य कटाएर राजस्थानको खेलाडीहरुलाई देखाइएको थियो। तर फ्यानहरुले २ सेकेन्डको उक्त क्लिपलाई पक्डीए जसपछि सामाजिक संजालमा उक्त क्लिप भाइरल बन्यो। भिडियोमा फिन्चसंग शाहबाज खान पनि देखिएका थिए जो फिन्च र खेल दुवैलाई हेर्दै थिए। भिडियोमा फिन्चले भेप मुखमा राख्दै धुवाँ उडाउदै गरेको देखिएको थियो। घटना पछि आईपीएलले फिन्चलाई कस्तो कारवाही गर्छ हेर्न बाँकी छ।

क्रिकेट खेलको दौरान धुम्रपान गर्ने फिन्च एक्ला क्रिकेटर हैनन्। हाल कोलकाताका प्रशिक्षक तथा चर्चित न्युजिल्यान्ड क्रिकेटर ब्रेण्डन म्याकलमले २०१५ को विश्वकपको सेमीफाइनलमा दक्षिण अफ्रीकासंग रोमान्चक जित दर्ता गर्दा तनावपूर्ण अवस्थामा ट्वाइलेटमा गएर धुम्रपान गर्दै दर्शकको चिच्याहट सुनेको बताएका थिए।

बेन स्टोक्सले पनि गत वर्ष विश्वकप फाइनल सुपर ओभरमा पुगेपछि पुनः ब्याटिंग गर्न जानु अघि चुरोट पिएको स्वीकारेका थिए।

२०१७/१८ को एसेज जितेपछि शन मार्श र ज्याकसन बर्डलाई सार्वजनिक स्थलमा धुम्रपान गर्दै गर्दा क्यामराले पक्डिएको थियो। उक्त घटना पछि दुई क्रिकेटरको चर्को आलोचना भएको थियो। डेली टेलिग्राफले उक्त तस्विर प्रकाशित गरेपछि अस्ट्रेलियाको स्वास्थ्य अधिकारीहरुले आलोचना गरेका थिए। धुम्रपान व्यक्तिगत रोजाइको कुरा भएता पनि युवाहरुको रोल मोडल जस्तो व्यक्तिले सार्वजनिक स्थलमा धुम्रपान गर्दा गलत संदेश गएको बताईएको थियो। अस्ट्रेलियामा सार्वजनिक स्थलमा धुम्रपान गर्नु अवैध भने हैन।

फिन्चले गरेको भेपिंगको भिडियो पछि ट्वीटरमा फ्यानहरुले प्रतिक्रिया

आईपीएल इतिहासमै पहिलो पटक एकै दिन ३ वटा सुपर ओभर

सुपर ओभरनै बराबरी हुँदा दोश्रो सुपर ओभरमा पन्जाबद्वारा मुम्बई पराजित

फर्गुसनले घातक बलिंग गर्दा सुपर ओभरमा कोलकाताद्वारा हैदरावाद पराजित

कोलकातालाई राहत : आईपीएलको बलिंग याक्सन कमिटिबाट नारायणले पाए सफाइ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy