लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क

२०७७ कार्तिक २, आईतवार ११:०७

दिल्ली क्यापिटल्सले शनिवार राति चेन्नाई सुपर किंग्सलाई तनावपूर्ण खेलमा पराजित गर्दै आईपीएल अंकतालिकाको शिर्षस्थानमा उक्लियो। जितमा शिखर धवनले लिग करियरकै र टि-२० क्रिकेटमा पहिलो शतक बनाउदै जितमा अहम योगदान दिए। तर खेलको दौरान धवनको शतक र दिल्लीको रोमान्चक जित बाहेक अर्को रमाइलो घटनाले पनि चर्चा बटुल्यो। दिल्लीका विकेटकिपर ब्याट्सम्यान रिशभ पन्तले टिमका मुख्य प्रशिक्षक रिकी पोन्टिङसंग प्र्यान्क गरेको दृश्य रोचक थियो।

प्रशिक्षक पोन्टिङ खेलको दौरान स्टार स्पोर्टससंग प्रत्यक्ष अन्तर्वार्ता दिंदै थिए। उनको पछाडी बसीरहेका मार्कस स्टोइनिसले क्यामरा तिर फर्केर दुवै दाँत देखाउदै हाँसे जसपछि हर्षल पटेलले पनि सोहि काम गर्दै मजाक गरे। तर, खेलमा चोटको कारण अन्तिम-११ मा नरहेका पन्त अझै रमाइलो गर्ने मुडमा थिए।

पन्तले अन्तर्वार्तामा आफूलाई पनि क्यामरा फ्रेम प्रवेश गराए र पोन्टिङको पछाडी गए जसको उनले पत्तै पाएनन्। पोन्टिङलाई पिचको अवस्था र खेलको बारे कुरा गर्दै थिए सोहि बेला पन्त पोन्टिङको पछाडी गए। उनले पोन्टिङले कुरा गर्दै गर्दा टाउको हल्लाउदै र मुस्काउदै उनको कुरा सुने जस्तै गरे। पन्तले त्यस्तो गर्दै गर्दा पछाडीबाट अलराउण्डर मार्कस स्टोइनिसले पन्तलाई केहि इशारा गरे। त्यसपछि पन्तले पछाडीबाट ढल्केर पोन्टिङको अनुहार हेरे। अन्तर्वार्ता लिईरहेका कमेन्टेटरले त्यसपछि पोन्टिङलाई उनको पछाडी केहि हुँदैछ भनेर जानकारी गराए। त्यसपछि पोन्टिङ पछाडी फर्किए तर पन्त नभएको पट्टी। अर्कोपट्टि फर्कदा पोन्टिङले पन्तलाई देखे जसपछि उनि हाँसे र पन्त पछाडी बाटो लागे। त्यस दौरान पछाडीबाट मार्कस स्टोइनिस, बलर हर्षल पटेल तथा बलिंग प्रशिक्षक रायन ह्यारिस मुस्काउदै घटनाको मजा लिईरहेका थिए।

पन्तको प्र्यान्क पछि पोन्टिङले दिएको प्रतिक्रिया रोचक थियो। उनले त्यसलाई नकारात्मक रुपमा लिएनन् र बताए – “उनि डगाउटमा बसेको भन्दा बाहिरनै बसेको ठिक छ।” भन्दै पोन्टिङले उल्टै मजाक गरे।

पन्तको पोन्टिङलाई प्र्यान्क पछि ट्वीटरमा फ्यानहरुले बिभिन्न प्रतिक्रियाहरु दिए –

IPL : खेल चल्दै गर्दा ड्रेसिंग रुममा फिन्चले भेपिंग गरेको देखिएपछि

अन्तिम ओभर जडेजालाई बलिंग गर्न किन दिईयो ? धोनीले बताए कारण

धवनले शतक बनाउदा चेन्नाईलाई पराजित गर्दै दिल्ली पुनः शिर्ष स्थानमा

कोहली र स्मिथद्वारा डी भिल्लीयर्सको तारिफ – “एबिको लागि कुनै पनि बाउन्ड्री ठूलो छैन”

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy