अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा

२०७७ कार्तिक ४, मंगलवार ०८:३७

अनुभवी खेलाडीहरु अलराउण्डर शोयब मलिक, फास्ट बलर मोहम्मद आमिर र विकेटकिपर ब्याट्सम्यान सरफराज एहमदलाई समाबेश नगर्दै पाकिस्तानले जिम्बाबे बिरुद्धको सिमित ओभरको घरेलु सिरिजको लागि टिमको घोषणा गरेको छ।

टिममा अनक्याप्ड २० वर्षीय ब्याट्सम्यान अब्दुल्लाह शफिकलाई मौका दिईएको छ। उनले पाकिस्तानको राष्ट्रिय टि-२० प्रतियोगितामा उत्कृस्ट डेब्यु गर्ने क्रममा मध्य पन्जाब बिरुद्ध शतक बनाएका थिए भने १० खेलमा १३३ को स्ट्राइक रेटले ३५८ रन बनाएका थिए। शफिकले एक मात्र प्रथम श्रेणी खेलमा पनि शतक बनाएका थिए। टि-२० र प्रथम श्रेणी डेब्युमा शतक बनाउने उनि दोश्रो पाकिस्तानी खेलाडी हुन्।

टि-२० र प्रथम श्रेणी डेब्युमा शतक बनाएका अब्दुल्लाह शफिकलाई मौका दिईएको छ

मलिकको स्थान शफिकले लिएका हुन् भने विकेटकिपरमा सरफराजको स्थानमा मोहम्मद रिजवान र रोहेल नाजिरलाई ब्याकअप विकेटकिपरको रुपमा समावेश गरिएको छ। फास्ट बलर हसन अलि र नसिम शाह चोट मुक्त भएता पनि फिटनेस प्रमाणित नगरेकाले सिमित ओभर क्रिकेटमा मौका दिईएन।

मुख्य प्रशिक्षक तथा प्रमुख छनौटकर्ता मिस्बाह उल हकका अनुसार मलिक, सरफराज र आमिरलाई मौका नदिएता पनि उनीहरुको भविष्य टिममा रहेको जसको निर्धारण युवा खेलाडीहरुको प्रदर्शनले गर्नेछ –

“उनीहरुको करियर सकिएको हैन तर प्रदर्शननै छनौटको आधार हो।” पाकिस्तान क्रिकेट बोर्डले जारि गरेको बिज्ञप्तिमा मिस्बाहले बताएका छन् – “हामीले आमिरलाई बाहिर राख्नुमा पनि सोहि दर्शन प्रयोग गरेका छौँ ताकी मोहम्मद हसनेन मुसा खान र हरिश रौफ जस्ता बलरले अतिरिक्त मौका पाउनेछन्। मलिक नहुँदा अब्दुलाह शफिक, हैदर अलि र खुसदिल शाहले खेल देखाउने मौका पाउछन्।”

“सरफराजलाई बेन्चमा राख्नु भन्दा उनि कैद ए आजम ट्रफी ( प्रथम श्रेणी प्रतियोगिता ) मा खेल्नुले बढी अर्थ राख्नेछ जहाँ उनले आफ्नो फिटनेसलाई कायम राखेमा न्युजिल्यान्डमा उनको टिमलाई आवस्यकता पर्न सक्छ।” उल हकले बताए।

घोषित टिमको कप्तानी बाबर आजमले गर्नेछन् भने उपकप्तानको रुपमा शदाब खानलाई घोषणा गरिएको छ।


छनौटकर्ताहरुले २२ जना खेलाडीहरु सम्मिलित प्रारम्भिक टिमको घोषणा गरेको हो। पाकिस्तानले जिम्बाबेसंग अक्टोबर ३० मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। सिरिजमा ३ वटा वानडे र त्यतिनै टि-२० खेल खेलिनेछ। टि-२० सिरिज नोभेम्बर ७ देखि सुरु हुनेछ।

छनौट भएका खेलाडीहरुलाई कोभिड-१९ को सुरक्षा अपनाउदै जैव सुरक्षित वातावरणमा राखिनेछ। लाहोरमा बुधबार कोभिड-१९ टेस्ट गरेपछि खेलाडीहरुलाई ५ दिन आइसोलेसनमा राखिनेछ जसपछि अर्को सोमबार उनीहरु रावलपिन्डी प्रस्थान गर्नेछन्।

टिम : बाबर आजम ( कप्तान ), अब्दुलाह शफिक इमाम उल हक, हरिस सोहेल, हैदर अलि, अबिद अलि, फखर जमान, मोहम्मद हफिज, इफ्तिखार एहमद, मोहम्मद रिजवान, खुशदिल शाह, इमाद वासिम, फहीम अशरफ, रोहेल नाजिर, शदाब खान ( उपकप्तान ), शाहिन अफ्रिदी, मोहम्मद हसनेन , हरिश रौफ, मुसा खान, वहाव रियाज, जफर गोहार, उस्मान कदर

उमर गुलद्वारा सन्यास घोषणा

अंकतालिकाको पुछारमा पुगेपछि चेन्नाई कप्तान धोनीले के भने

बटलर चम्किदा राजस्थानद्वारा चेन्नाई ७ विकेटले पराजित, चेन्नाई फेरी पुछारमा पुग्यो

IPL : अमित मिश्राको स्थानमा दिल्लीले भित्र्यायो अर्को लेग स्पिनर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy