चेन्नाईका अलराउण्डर ब्राभो आईपीएलबाट बाहिरिए

२०७७ कार्तिक ५, बुधबार १६:५३

इन्डियन प्रिमियर लिग ( आईपीएल ) २०२० मा संघर्षरत महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सलाई अर्को ठूलो झट्का लागेको छ। टिमका प्रमुख अलराउण्डर ड्वेन ब्राभो चोटको कारण प्रतियोगिताबाट बाहिरीएका छन्। टिमका सीईओ काशी विश्वनाथनले यो कुराको पुस्टि गरेका छन्। ब्राभोलाई दिल्ली क्यापिटल्स बिरुद्ध अक्टोबर १७ मा भएको खेलमा ‘ग्रोइन इन्जुरी’ भएको थियो।

“ब्राभो ग्रोइन इन्जुरीका कारण प्रतियोगिताबाट बाहिरिएका छन्।” विश्नाथानले बताए। “उनि भोलि ( बिहिबार ) घर फर्कनेछन्। टिम व्यवस्थापनले उनको प्रतिस्थापन गर्ने वा नगर्ने छिट्टै निर्णय गर्नेछ।” उनले थपे।

ब्राभोले दिल्ली बिरुद्धको खेलमा ३ ओभर बलिंग गरेपछि चौथो ओभर बलिंग गर्न उपलब्ध भएका थिएनन्। ब्राभो नहुँदा देब्रे हाते स्पिनर रभिन्द्र जडेजाले २० औं ओभरमा दिल्लीलाई १७ रन आवस्यक हुँदा बलिंग गरेका थिए। ओभरमा अक्षर पटेलले ३ छक्का हिर्काउदै टिमलाई जित दिलाएका थिए।

आईपीएल २०२० चेन्नाईको लागि सुरुवात देखि फापीरहेको छैन। लिग सुरु हुनु अघि दिपक चाहर र रुतुराज गायकवाडलाई कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइन अवधि बढ्दा टिमको अभ्यासमा ठूलो बाधा पुगेको थियो । त्यसपछि सुरेश रैना युएई पुगेर पनि व्यक्तिगत कारण देखाएर लिग नखेल्ने भन्दै भारत फर्किएका थिए। हरभजन सिंहले पनि सोहि कारण लिगबाट नाम फिर्ता लिएका थिए।

ब्राभोले पनि करेबियन प्रिमियर लिगको दौरान घुंडाको चोटका कारण सुरुवाती खेलहरु गुमाएका थिए। उनले लिगमा कुल ६ खेल खेल्ने क्रममा ३० को औशत र ८.५७ को इकोनोमिले ६ विकेट लिएका थिए। ब्याटबाट भने उनले २ पटक मौका पाउदा मात्र ७ रन बनाउन सके। लिगमा ब्राभोलाई धोनीले मध्य र अन्तिमको ओभरमा प्रयोग गरेका थिए।

३७ वर्षीय ब्राभोले २०११ देखि चन्नाईबाट खेल्ने क्रममा २०१८ को अक्सनमा ६.४ करोड भारुमा टिममा रिटेन गरेको थियो। ब्राभो चेन्नाईको सर्वाधिक विकेटकर्ता हुन् जसले कुल ११० विकेट लिएका छन्।

ब्राभो अनुपस्थित हुँदा राजस्थान बिरुद्धको अघिल्लो खेलमा चेन्नाईले जोश हेजलवुडलाई मौका दिएको थियो। चेन्नाईले उक्त खेलमा हार बेहोरेपछि १० खेलमा सातौँ हार बेहोर्दै अंकतालिकाको पुछारमा पुगेको थियो। हेजलवुड पछि टिममा विदेशी खेलाडीको बिकल्पमा इमरान ताहिर, मिचेल स्यान्टनर र लुंगी एनगिडी रहेका छन्।

ब्राभो घाइते हुनु वेस्टइन्डिज टिमको लागि पनि चासोको विषय रहेको छ। उनलाई वेस्टइन्डिजले न्युजिल्यान्ड बिरुद्ध नोभेम्बरमा खेलिने ३ वटा टि-२० को सिरिजको लागि टिममा चयन गरिएको थियो। सिरिज नोभेम्बर २७ देखि सुरु हुने बताईएको छ।

आईपीएलमा ब्राभोभन्दा अघि दिल्लीका २ जना खेलाडी अमित मिश्रा र इशान्त शर्मा बाहिरिएका थिए। यस्तै हैदरावादका शन मार्श र भुवनेश्वर कुमार तथा कोलकाताका अलि खान पनि बाहिरिएका थिए।

लिगमा चेन्नाईले आगामी खेल मुम्बई इन्डीएन्स बिरुद्ध अक्टोबर २३ तारिख शुक्रबार खेल्ने तालिका रहेको छ। अंकतालिकामा पुछारमा रहेको चेन्नाईको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भैसकेको छ।

लाराद्वारा पन्जाब कप्तान केएल राहुलको तारिफ

दिल्ली कप्तान ऐयरले बताए पन्जाबसंग हारको कारण

पुरनले आक्रामक अर्धशतक बनाउदा दिल्लीलाई पराजित गर्दै पन्जाब पाँचौ स्थानमा उक्लियो

भारतले अनुमति नदिंदा मुख्य प्रशिक्षक राजपुत बिनै पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम

अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy