“मलाई लाग्दैन कि धेरै मानिसहरूलाई आरसीबीमा विश्वास छ। म गर्छु” कोहली

२०७७ कार्तिक ६, बिहीबार ०८:३७

रोयल च्यालेन्जर्स बैंगलोर कप्तान बिराट कोहलीले कोलकाता बिरुद्ध शानदार जितपछि धेरैलाई बैंगलोर टिम प्रति विश्वास नभएको बताएका छन्।

बुधबार कोलकातालाई ८ विकेटले पराजित गर्दै लिग अंकतालिकामा बैंगलोर दोश्रो स्थानमा उक्लेको छ। टस जितेर ब्याटिंग गरेको कोलकाताले मोहम्मद सिराजले किर्तिमानी बलिंग गर्दा  २० ओभरमा ८५ रन बनाउन सकेको थियो। ८५ रनको लक्ष्य बैंगलोरले २ विकेट गुमाएर १३.३ ओभरमा सहजै पुरा गर्यो।

जितपछि टिमको प्रदर्शनमा निकै खुसि देखिएका कोहलीले टिमको सन्तुलन र प्रदर्शन देख्दा आफ्नो टिमले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् –

“मलाई लाग्दैन धेरै मानिसहरुले आरसीबिमा विश्वास गर्छन्। तर, म गर्छु र हाम्रो टिमले गर्छ र त्यही कुरानै महत्वपूर्ण छ।” कोहलीले खेल पछि हर्षा भोगलेसंग कुराकानीकको क्रममा बताए।

“हामि यहाँ हाम्रो योजनाहरु लागु गर्न आएका हौँ। हामिसंग कला छ। हामिसंग विश्वका उत्कृस्ट खेलाडीहरु छन् तर तपाईसंग विश्वास छैन भने नतिजा तपाईको पक्षमा आउदैन।”

सिराज एकै इनिंगमा २ ओभर मेडन गर्ने लिग इतिहासकै पहिलो बलर बने

कोहलीले खेलमा मात्र ८ रन दिएर ३ विकेट लिएका मोहम्मद सिराजको सट्टा वासिंगटन सुन्दरलाई नयाँ बल दिने सोचेको खुलासा गरे –

“म इमान्दार भएर भन्छु पछि मात्रै सिराजलाई नयाँ बल दिएका हौँ। म वासिंगटनलाई दिने सोचीरहेको थिए।हामीसंग वासिंगटनबाट सुरुवात गर्दै मोरिसलाई दोश्रो ओभर दिने योजना थियो। तर त्यसपछि सोच परिवर्तन गर्दै सिराजलाई मोरिससंग नयाँ बल दिने निर्णय गर्यौं।” सिराजले पहिलो २ ओभरनै मेडन गरेर कोलकाताको ३ विकेट लिएका थिए। लिग इतिहासमै कुनै पनि बलरले एकै इनिंगमा २ ओभर मेडन गरेको यो नै पहिलो पटक हो।

सिराजको बारेमा थप बोल्दै कोहलीले बताए – “गत वर्ष उनको प्रदर्शन राम्रो भएन। धेरै मानिसहरुले उनको कडा आलोचना गरे। त्यसपछि यो वर्ष उनले कठिन मेहनत गरे र निकै दृढ थिए। त्यसको नतिजा अहिले देखिएको छ र हामि उनले यस्तै निरन्तरता दिउन भन्ने चाहन्छौ।”

खेलको प्लेयर अफ द म्याच मोहम्मद सिराजले आफुले नयाँ बलबाट बलिंग गर्न निकै अभ्यास गरेको बताए – “म नयाँ बलबाट अभ्यासमा धेरै बलिंग गरिरहेको थिए। यो पटक मौका पाए। क्याम्पको माहोल निकै राम्रो छ। सबैले एक अर्कालाई साथ दिईरहेका छन् र कुराकानी गरिरहेका छन्। मैले रानालाई गरेको जस्तो सोचेको थिए त्यसरी आउट गर्न सके।” दायाँ हाते पेसरले बताए।

हारपछि कोलकाता कप्तान ओएन मोर्गनले बैंगलोरको बलिंगको तारिफ गर्दा टस जितेर बलिंग रोजेको भए हुने बताए –

“४-५ विकेट त्यति चाडै गुमाउन हामीले चाहेका थिएनौ। बैंगलोरले परिस्थिति अनुसार निकै राम्रो बलिंग गर्यो। हामीले टस जितेर बलिंग रोजेको भए हुन्थ्यो। यसबाटपाठ सिक्दै हामि आगामी खेलमा उत्रनेछौँ।” कोलकाताले पहिलो ४ विकेट १४ रनको योगफलमै गुमाएको थियो।

“आशा गर्छु नारायण र रसेल छिट्टै उपलब्ध हुनेछन् र अलराउण्डरहरु उपलब्ध हुँदा कुराहरु फरक हुनेछ।” मोर्गनले बताए। सुनिल नारायण शंकास्पद याक्सन रिपोर्ट भएपछि सफाइ पाएपछि पनि कोलकाताले उनलाई मौका दिएको छैन। आन्द्रे रसेल हैदरावाद बिरुद्धको खेलमा घाइते भएपछि बैंगलोर बिरुद्ध खेल्न सकेका थिएनन्।

कोलकाता बिरुद्ध जितपछि १४ अंक बटुल्दै बैंगलोर मुम्बईलाई पछि पार्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। नेट रन रेटमा दिल्ली अघि रहँदै पहिलो स्थानमा रहेको छ। १२ अंक सहित मुम्बई तेश्रो स्थानमा छ। १० खेलमा ५ हार र ५ जित बेहोरेको कोलकाता १० अंक सहित चौथो स्थानमा यथावत रहेको छ। ८ अंक सहित पन्जाब पाँचौ स्थानमा र समान अंक रहेको राजस्थान छैठौं स्थानमा छ। समान ६ अंक रहेको हैदरावाद र चेन्नाई सातौँ र आठौँ स्थानमा रहेको छ। बैंगलोरले आगामी खेल आइतबार चेन्नाईसंग तथा कोलकाताले शनिवार दिल्ली बिरुद्ध खेल्ने तालिका रहेको छ।

बैंगलोर-कोलकाता बीचको खेलमा बनेका ८ रोचक कीर्तिमानहरु

सिराजले कीर्तिमानी बलिंग गर्दा, कोलकातालाई सहजै हराउदै बैंगलोर दोश्रो स्थानमा उक्लियो

चेन्नाई क्याप छोड्नु अघि भावुक भए ब्राभो, फ्यानहरुलाई दिए विशेष संदेश

आईपीएलका ८ रेकर्ड जुन टुट्न निकै मुस्किल छ

IPL 2020 : कुन कप्तानको तलव कति

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy