राजस्थान बिरुद्ध हैदरावादले टस जितेर फिल्डिंग रोज्यो, विलियमसनको स्थानमा होल्डरले पाए मौका

२०७७ कार्तिक ६, बिहीबार १९:२५

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बिहिवार ४० औं खेलमा स्टिभ स्मिथ कप्तानिको राजस्थान रोयल्स र डेभिड वार्नर कप्तानिको सनराइजर्स हैंदरावादबीच प्रतिस्पर्धा हुँदैछ। यस अघि ९ खेलमा ४ जित र ५ हारपछि ८ अंक बटुल्दै राजस्थान अंकतालिकाको छैटौं स्थानमा छ। यस्तै, समान ९ खेलमा ६ अंक बटुल्दै हैदरावाद सातौं स्थानमा छ। दुवै टिमलाई प्लेअफमा स्थान बनाउने सभावना जीवित राख्न आजको जित अत्यावश्यक रहेको छ। खेल नेपाली समय रातीको ७:४५ बजे दुबई स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।

टस जितेर हैदरावादले बलिंग गर्ने 

हैदरावादले टस जितेर राजस्थानलाई ब्याटिंगको निम्तो दिएको छ। कोलकातासंगको खेलमा ह्याम्सट्रिन्ग इन्जुरीका कारण आज केन विलियमसन अन्तिम-११ मा छैनन्। उनको स्थानमा टिमले वेस्टइन्डिज अलराउण्डर जेसन होल्डरलाई पहिलो पटक मौका दिएको छ। यस्तै शाहबाज नदीमलाई बसिल थम्पीको स्थानमा मौका दिईएको छ।

हैदरावादको अन्तिम ११ : डेभिड वार्नर ( कप्तान ), जोनी बेयरस्टो ( विकेटकिपर ), मनिष पाण्डे, प्रियम गर्ग, विजय शंकर, अब्दुल समद, जेसन होल्डर, राशिद खान, सन्दिप शर्मा, शहबाज नदीम, टि नटराजन

केन विलियमसनको स्थानमा जेसन होल्डरले मौका पाएका छन्

राजस्थानले अन्तिम-११ मा कुनै परिवर्तन गरेको छैन। टसको क्रममा राजस्थान कप्तान स्टिभ स्मिथले आफ्नो टिम सहि दिशातर्फ गैरहेको बताउदै आफुले टस जितेको भए ब्याटिंगनै रोज्ने सोच बनाएको बताए।

राजस्थानको अन्तिम ११ : रोबिन उथप्पा, बेन स्टोक्स , सन्जु स्यामसन, स्टिभ स्मिथ ( कप्तान ), जोस बटलर ( विकेटकिपर ), रियान पराग,राहुल तेवतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, अंकित राजपुत, कार्तिक त्यागि

पछिल्लो भेट : लिग अन्तर्गत २६ औं खेलमा यी दुई टोलिबीच प्रतिस्पर्धा भएको थियो जसमा राजस्थान ५ विकेटले विजयी भएको थियो। पहिले ब्याटिंग गरेको हैदरावादले १५९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा राजस्थानले राहुल तेवतिया र रियान परागको सम्हालिएको ब्याटिंगको मद्दतमा जित हात पारेको थियो।

IPL : कोलकाताका फ्लप ५ खेलाडी जसलाई टिमले करोडौं खर्चेर किनेको थियो

बैंगलोर-कोलकाता बीचको खेलमा बनेका ८ रोचक कीर्तिमानहरु

चेन्नाई क्याप छोड्नु अघि भावुक भए ब्राभो, फ्यानहरुलाई दिए विशेष संदेश

“मलाई लाग्दैन कि धेरै मानिसहरूलाई आरसीबीमा विश्वास छ। म गर्छु” कोहली

आईपीएलका ८ रेकर्ड जुन टुट्न निकै मुस्किल छ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy