होल्डरले आईपीएल करियरकै उत्कृस्ट बलिंग गर्दा राजस्थानले बनायो १५४ रन

२०७७ कार्तिक ६, बिहीबार २१:३१

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बिहिवार ४० औं खेलमा स्टिभ स्मिथ कप्तानिको राजस्थान रोयल्स र डेभिड वार्नर कप्तानिको सनराइजर्स हैंदरावादबीच प्रतिस्पर्धा भैरहेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाउदै हैदरावादलाई १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

राजस्थानको लागि संजु स्यामसनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३६ रन बनाए। बेन स्टोक्सले ३२ बलमा २ चौका मद्दतले ३० रन, रियान परागले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाए। रोबिन उथप्पा र स्टिभ स्मिथले समान १९ रन बनाए। जोफ्रा आर्चरले अविजित रहँदै ७ बलमा १ चौका र १ छक्का हिर्काउदै १६ रन बनाए।

सन्जु स्यामसनले सर्वाधिक ३६ रन बनाए

ओपनर रोबिन उथप्पा चौथो ओभरमा रन आउट भएपछि अर्का ओपनर बेन स्टोक्सले सन्जु स्यामसनसंग ५६ रनको साझेदारी गरे। १२ औं ओभरमा स्यामसनलाई पहिलो पटक मौका पाएका जेसन होल्डरले बोल्ड गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा स्टोक्सलाई राशिद खानले बोल्ड गरे।

१६ औं ओभरमा १२ बलमा ९ रन बनाएर बटलर विजय शंकरबाट क्याच आउट भए। १९ औं ओभरमा कप्तान स्मिथलाई होल्डरले क्याच आउट गराए। लगत्तै बलमा होल्डरले रियान परागलाई क्याच आउट गराएर तेश्रो विकेट लिए।

अन्तिम ओभरमा जोफ्रा आर्चरले १ चौका र १ छक्का हिर्काउदा राजस्थानले १५० को योगफल पार गर्न सक्यो। आर्चरले राहुल तेवतियासंग सातौँ विकेटको लागि १० बलमा १९ रनको साझेदारी गरे।

जेसन होल्डरले ३ विकेट लिए

हैदरावादको बलिंगमा वेस्टइन्डिज फास्ट बलर जेसन होल्डरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३३ रन खर्चिए। होल्डरको यो आईपीएल करियरमा उत्कृस्ट स्पेल हो। केन विलियमसन घाइते हुँदा होल्डरले पहिलो पटक जारि सिजन मौका पाएका हुन्। मिचेल मार्श घाइते भएर लिग बाट बाहिर हुँदा होल्डरलाई प्रतिस्थापनको रुपमा हैदरावादले टिममा भित्र्याएको थियो।

लेग स्पिनर राशिद खान ( ४-०-२०-१ ) र विजय शंकर ( ३-०-१५-१ ) ले समान १ विकेट लिए। सन्दिप शर्मा ( ४-०-३१-० ) विकेटविहिन रहे। टि नटराजन विकेटविहिन रहनेक्रममा ४ ओभरमा ४६ रन खर्चिए।

९ खेलमा ४ जित र ५ हारपछि ८ अंक बटुल्दै राजस्थान अंकतालिकाको छैटौं स्थानमा छ। यस्तै, समान ९ खेलमा ६ अंक बटुल्दै हैदरावाद सातौं स्थानमा छ। दुवै टिमलाई प्लेअफमा स्थान बनाउने सभावना जीवित राख्न आजको जित अत्यावश्यक रहेको छ।

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

IPL : कोलकाताका फ्लप ५ खेलाडी जसलाई टिमले करोडौं खर्चेर किनेको थियो

“मलाई लाग्दैन कि धेरै मानिसहरूलाई आरसीबीमा विश्वास छ। म गर्छु” कोहली

चेन्नाई क्याप छोड्नु अघि भावुक भए ब्राभो, फ्यानहरुलाई दिए विशेष संदेश

लाराद्वारा पन्जाब कप्तान केएल राहुलको तारिफ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy