IPL : चेन्नाई अझै प्लेअफ पुग्न सक्छ ? पढ्नुस कसरि

२०७७ कार्तिक ७, शुक्रबार १६:३१

इन्डियन प्रिमियर लिगको सबैभन्दा नियमित राम्रो प्रदर्शन भएको टिम चेन्नाई सुपर किंग्सको आईपीएल २०२० मा हालत नाजुक छ। अंकतालिकामा राज गर्ने टिम यो सिजन १० खेलमा मात्र ३ जित पछि पुछारमा छ। लिगको पहिलो खेलमा मुम्बईलाई ५ विकेटले पराजित गरेपछि चेन्नाईले पन्जाबलाई १० विकेटले तथा हैदरावादलाई २० रनले पराजित गरेको थियो। ३ खेलमा जित बाहेक अन्य खेलहरुमा चेन्नाई प्राय सहजै पराजित हुँदै आएको छ।

राजस्थानसंग सोमबार ७ विकेटको हारपछि महेन्द्र सिंह धोनी कप्तानीको टिमको अंकतालिकाको शिर्ष-४ मा पर्दै प्ले-अफ खेल्ने सम्भावना असम्भव जस्तै देखिन्छ। तर पनि अझै पूर्ण रुपमा सम्भावना भने चेन्नाईको सकिएको छैन। अबको अवस्थामा चेन्नाई प्लेअफ पुगे चमत्कार भन्दा फरक पर्दैन।

यसरी पुग्न सक्छ चेन्नाई प्लेअफ 

पहिलो काम : चेन्नाई सुपर किंग्सले १० खेलमा ३ जित मात्र दर्ता गरेको छ जसपछि ६ अंक बटुलेको छ भने नेट रन रेट -०.४६३ रहेको छ। अब ४ खेल खेल्न बाँकी रहेको अवस्थामा चेन्नाईले सबै खेल जित्नै पर्ने हुन्छ भने नेट रन रेट सुधार गर्नको लागि जितको अन्तर पनि ठूलो हुनुपर्नेछ।

दोश्रो आवश्यकता : चेन्नाईको उत्कृस्ट-४ भित्र पर्दै प्ले-अफ पुग्ने सम्भावना अन्य टिमको प्रदर्शनमा पनि निर्भर रहेको छ। चेन्नाईलाई सबैभन्दा बढी आवस्यकता रहेको कुरा अबको खेलहरुमा अंकतालिकाको शिर्ष स्थानमा रहेका ३ टिम दिल्ली क्यापिटल्स, मुम्बई इन्डिएन्स र रोयल च्यालेन्जर्स बैंगलोरले आफ्नो शिर्ष-३ स्थान नगुमाउनु हो। यी ३ टिम शिर्ष-३ मै रहने अथवा एक अर्का बीच मात्रै स्थान फेरवदल गर्नुपर्नेछ।

तर यो बीचमा, चेन्नाईलाई यो कुरा पनि महत्वपूर्ण छ कि अंकतालिकामा चौथो, पाँचौ, छैठौं र सातौँ स्थानमा रहेका टिमहरु कोलकाता, हैदरावाद, पन्जाब र राजस्थानले १२ अंक भन्दा बढी बटुल्नु हुँदैन। यदी यी टिमहरुले १४ अंक बनाएको खण्डमा चेन्नाईले बाँकी सबै ४ खेल जितेर १४ अंक बटुलेको खण्डमा पनि नेट रन रेटले पछि पार्न सक्छ।

इतिहास चेन्नाईको पक्षमा ? 

आईपीएलको इतिहासले यो देखाउछ कि प्लेअफ छनौट हुने अन्तिम टिमको अंक प्राय १४ अंक या त्यो भन्दा कम हुने गरेको छ। यस्तो कुल ७ वटा सिजनमा भएको छ जहाँ केवल ८ टिम सहभागी भएका छन्।

यस्तै केस आईपीएल २०१९ मा पनि भएको थियो। सनराइजर्स हैदरावाद चौथो हुँदै प्लेअफ छनौट भएको थियो जसको १२ अंक रहेको थियो भने कोलकाता र पन्जाबको पनि समान १२ नै अंक भएता पनि नेट रन रेटमा हैदरावाद अघि रहेको थियो। 

त्यसैले, अझै पनि चेन्नाईको प्लेअफ पुग्ने सम्भावना जिवितै छ भन्दा गलत हुँदैन। तर यदी चेन्नाई प्लेअफ छनौट नभएको अवस्थामा आईपीएल इतिहासमै पहिलो पटक प्ले-अफ नखेली टिम बाहिर हुनेछ। चेन्नाई अत्र एउटा त्यस्तो टिम हो जो प्रत्येक सिजन प्ले-अफ खेल्न छनौट भएको छ।

तिन पटकको आईपीएल विजेता चेन्नाईको आईपीएल २०२० को भविष्य आगामी ४ खेलले निर्धारण गर्नेछ। चेन्नाईले अब शुक्रबार मुम्बईसंग खेलेपछि आइतबार बैंगलोरसंग, बिहिबार कोलकातासंग तथा आगामी साता आइतबार पन्जाबसंग खेल्ने तालिका रहेको छ। यी सबै टिमहरुले लिगमा राम्रो प्रदर्शन गर्दै चेन्नाई भन्दा स्तरीय टिमको रुपमा आफुलाई प्रस्तुत गरेका छन्।

बलियो मुम्बई बिरुद्ध चेन्नाईलाई ‘गर या मर’ को स्थिति

हृदयघातपछि पूर्व भारतीय कप्तान कपिल देव अस्पताल भर्ना

IPL : रोचक बन्दै प्ले-अफ दौड

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy