रोयल च्यालेन्जर्स बैंगलोरलाई एकतर्फी खेलमा आइतबार जित हाँसिल गरेता पनि महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्स आईपीएल २०२० को प्ले-अफ पुग्न असफल हुने पहिलो टिम बन्न पुग्यो। राजस्थान रोयल्सलाई मुम्बई इन्डीएन्सले ८ विकेटले पराजित गरेसंगै चेन्नाईको यात्रा पहिलो चरणमा सकिने तय भएको थियो।
इतिहासमै पहिलो पटक दोश्रो चरण पुग्न असफल भएपछि चेन्नाई कप्तान धोनीको पत्नी साक्षी सिंहले इन्स्टाग्राम मार्फत आफ्नो भावलाई कविता मार्फत पोखेकी हुन्। अंग्रेजीमा लेखिएको उक्त कविताको सुरुवात “यो मात्र खेल हो” भनेर सुरु गरिएको छ।
“यो मात्र खेल हो, तपाई कुनै जित्नुहुन्छ कुनै हार्नु हुन्छ। वर्षौ देखि देख्दै आएका छौँ केहि आकर्षक जित र केहि आश्चर्यजनक हार। एकतर्फको खुसि जसले अर्कोतर्फ भएको पिंडा” साक्षीले लेखेकी छिन्।
“केहि उचित प्रतिक्रिया संगै अन्य आधारविहिन , कसैको जित , कसैको हार र अरुले बिर्सेको “यो मात्र खेल हो।”
“धेरै पण्डितहरुको विविध प्रतिक्रिया जसले भावनाहरुलाई अनुमति दिन्छ कि खेलकुदको सार नमरोस्। यो खेल मात्र हो, कोहि पनि हार्न चाहदैन तर सबै विजेता हुँदैनन्।”
साक्षीले थप लेखेकी छिन् – “हार पछि स्तब्ध हुँदा मैदानबाट फर्किने बाटो लामो लाग्छ। खुसिको आवाज र लामो स्वास दुखाइमा थपिन्छ, अन्तरिक बलले त्यसलाई नियन्त्रण गर्छ, यो मात्र खेल हो।”
“तिमि विजेता थियौं र अहिले पनि विजेता हौ। सच्चा लडाकुहरु लड्न जन्मिएका हुन् जो सधै सुपर किंग्सको रुपमा हाम्रो मन र मुटुमा बस्नेछ।”
तिन पटकको लिग विजेता चेन्नाई सुपर किंग्सले २०१६ र १७ मा प्रतिबन्धित भएको बाहेक सबै संस्करणको प्ले-अफ खेलेको थियो।
The Queen’s scroll says it all. 🦁💛 #WhistlePodu #Yellove https://t.co/I27qKtfHxD
— Chennai Super Kings (@ChennaiIPL) October 25, 2020
यो पनि पढ्नुस :
‘रोहित किन टिममा छैनन्, भारतीय फ्यानलाई जान्ने हक छ’ गावस्कर
लगातार पाँचौ जित पछि पन्जाब चौथो स्थानमा उक्लियो, कोलकाता सहजै पराजित
स्टोक्सको झुकेको माझी औंला पछाडी लुकेको पिताको शाहसको कथा
अस्ट्रेलिया टुरको लागि भारतीय टिमको घोषणा, रोहित छैनन्, राहुलको टेस्ट टिममा पुनरागमन
