अनुशासन उल्लंघन गर्दा गेललाई कारवाही, स्वीकारे गल्ति

२०७७ कार्तिक १५, शनिबार १०:१४

राजस्थान रोयल्स बिरुद्धको खेलमा आईपीएलको खेलाडी आचारसंहिता विपरित काम गरेपछि किंग्स-११ पन्जाबका ब्याट्सम्यान क्रिस गेललाई कारवाही गरिएको छ। उनलाई म्याच फिको १० प्रतिशत जरीवाना गरिएको हो।

सामान्यतया शान्त देखिने गेलले शुक्रबार ९९ रनमा जोफ्रा आर्चरबाट बोल्ड भएपछि भने त्यसलाई कायम राख्न सकेनन्। १० औं ओभरमा रियान परागले क्याच छुटाएपछि गेलले पछाडी फर्केर हेरेनन् र आक्रामक ब्याटिंग गरे। ६३ बलमा ६ चौका र ८ छक्का बनाएपछि सातौँ आईपीएल शतक बनाउन १ रनले चुकेपछि गेलले आउट हुने बितिकै असामान्य रुपमा ब्याटलाई टाढा पुग्ने गरि मिड-विकेटको दिशामा फालेका थिए। आउट भएपछि निराश देखिएका उनलाई हात मिलाउदै आर्चरले विदाई गरेका थिए जसपछि अर्को किनारमा रहेका ब्याट्सम्यान ग्लेन माक्सवेलले ब्याट उठाएर गेललाई दिएका थिए।

गेलले आफुले गरेको गल्ति र जरिवाना स्वीकार गरिसकेका छन्।

“आईपीएलको आचारसंहिताको लेभल १ को २.२ अन्तर्गत गेलले जरिवाना स्वीकार गरेका छन्। आचारसंहिताको लेभल-१ उल्लंघन गरेका कारण म्याच रेफ्रीको निर्णय अन्तिम रहनेछ।” आईपीएलले बिज्ञप्ति जारि गर्दै बताएको छ।

घटनाको भिडियो हेर्नुस 


१ रनले शतक पुरा गर्न चुक्ता पनि गेलले खेलमा छक्काको नयाँ विश्वकीर्तिमान कायम गरेका छन्। १ हजार छक्का पुरा गरेका गेल टि-२० क्रिकेटमा विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन्। टि-२० क्रिकेटमा १ हजार चौका हिर्काउने पनि गेल पहिलो र एकमात्र ब्याट्सम्यान हुन् जसले कुल १०४१ चौका प्रहार गरेका छन्। यस्तै गेल टि-२० क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत हुन् जसले कुल १३,५७२ रन बनाएका छन्। यस क्रममा उनले २२ शतक र ८५ अर्धशतक बनाएका छन्।

गेलले फालेको ब्याट फिर्ता दिंदै म्याकसवेल

लिगको पछिल्लो ६ खेलमा मौका पाएका गेलले ४६ को औशत र १४४.५ को स्ट्राइक रेटमा ३ अर्धशतक प्रहार गर्दै २७६ रन बनाइसकेका छन्।

४१ वर्षीय ब्याट्सम्यानले उत्कृस्ट ब्याटिंग गरेता पनि खेलमा भने पन्जाब पराजित हुन पुग्यो। पन्जाबले दिएको १८६ रनको लक्ष्य राजस्थानले ३ विकेट गुमाएर १५ बल अगावै पुरा गर्यो। बेन स्टोक्स र संजु स्यामसनले उत्कृस्ट ब्याटिंग गर्दै जितमा अहम योगदान दिए।

खेलमा हार पछि पन्जाबको प्लेअफ यात्रामा धक्का लागेको छ तर सम्भावना भने अझै कायमै रहेको छ। अब प्लेअफ पुग्न पन्जाबले अन्तिम खेलमा आइतबार कोलकातालाई पराजित गर्नुपर्नेछ भने अन्य टिमको नतिजामा पनि भरपर्नु पर्नेछ। राजस्थानको पनि परिस्थिति एउटै रहेको छ।

यो पनि पढ्नुस 

IPL : प्लेअफमा ३ स्थानको लागि ६ टिमको प्रतिस्पर्धा, ६ खेल बाँकी, यस्तो छ सबै टिमको समीकरण

अफ्रिदीले घातक बलिंग गर्दा, टेलरको शतकका बाबजुद पाकिस्तानसंग जिम्बाब्वे पराजित

पन्जाबलाई ७ विकेटले पराजित गर्दा राजस्थानको प्लेअफ सम्भावना कायमै

भनाभन भएपछि मोरिस र पान्ड्यालाई चेतावनी

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy