बुम्राह र बोल्ट चम्किदा दिल्ली ११० रनमै सिमित

२०७७ कार्तिक १५, शनिबार १७:२४

युएईमा जारि आईपीएल २०२० अन्तर्गत ५१ औं खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाउदै मुम्बईलाई १११ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दिल्लीको लागि कप्तान श्रेयस ऐयरले २५, रिशभ पन्तले २१, रभीचन्द्रन आश्विन र कागीसो रबाडाले समान १२, शिमरन हेटमायरले ११, पृथ्वी शले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

श्रेयस ऐयरले २५ रन बनाए

ओपनर पृथ्वी श र शिखर धवनलाई ट्रेन्ट बोल्टले छिट्टै पेभेलियन फर्काएपछि तेश्रो विकेटको लागि कप्तान ऐयर र पन्तले ३५ रनको साझेदारी गरे। ऐयरलाई ११ औं ओभरमा लेग स्पिनर राहुल चाहरले स्टम्पिंग गराएपछि दिल्लीले पुनः लगातार विकेट गुमाउन पुग्यो। लगत्तै ओभरमा मार्कस स्टोइनिस र पन्तलाई बुम्राहले पेभेलियन फर्काए।

१४ औं ओभरमा हर्षल पटेललाई बुम्राहले तथा शिमरन हेटमायरलाई १६ औं ओभरमा नाथन कौल्टर नाइलले आउट गर्दै मुम्बईलाई हावी गराए। तल्लो क्रममा आश्विन, दुबे र रबाडाले योगदान दिंदा दिल्लीले सम्मानजनक योगफल बनाउन सक्यो।

मुम्बईको बलिंगमा जस्प्रित बुम्राह ( ४-०-१७-३ ) र ट्रेन्ट बोल्टले ( ३-०-२१-३ ) समान ३ विकेट लिए। राहुल चाहर ( ३-०-१९-१ ) र नाथन कौल्टर नाइल ( २-०-१४-१ ) ले समान १ विकेट लिए।

ट्रेन्ट बोल्टले २१ रन खर्चेर ३ विकेट लिए

खेलमा दिल्लीले अन्तिम-११ मा २ वटा परिवर्तन गरेको छ। पृथ्वी श, हर्षल पटेल र प्रविन दुबेले मौका पाउदा अजिंके रहाने, तुषार देशपाण्डे र अक्षर पटेललाई बाहिर राखिएको छ।

मुम्बईले यस अघिनै प्ले-अफमा स्थान पक्का गरिसकेको छ भने आजको जितले शिर्ष-२ स्थान पनि पक्का हुनेछ। दिल्लीले आज जित दर्ता गरेको खण्डमा प्ले-अफमा पुग्नेछ। प्ले-अफ पुग्न दिल्लीलाई एउटा जित आवस्यक रहेको छ। आज र यस अघि सोमबार बैंगलोरसंग पराजित भएको खण्डमा पनि नेट रन रेटमा प्लेअफ पुग्ने सम्भावना दिल्लीको बाँकी रहन्छ।

यो पनि पढ्नुस :- 

IPL : प्लेअफमा ३ स्थानको लागि ६ टिमको प्रतिस्पर्धा, ६ खेल बाँकी, यस्तो छ सबै टिमको समीकरण

अनुशासन उल्लंघन गर्दा गेललाई कारवाही, स्वीकारे गल्ति

१ हजार छक्का पुरा गर्दै गेलको नयाँ विश्वकीर्तिमान

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy