राजस्थान रोयल्स बिरुद्ध ६० रनको शानदार जित दर्ता गरेपछि कोलकाता नाइट राइडर्सका कप्तान ओएन मोर्गनले आफ्नो टिमले स्वतन्त्र क्रिकेट खेल्न चाहेको बताएका छन्।
प्याट कमिन्सले ४ विकेट तथा मोर्गनले ६८ रनको कप्तानी इनिंग खेल्दा दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राजस्थान ठूलो अन्तरले पराजित बन्यो। कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याउदा राजस्थानले १३१ रन मात्रै बनाउन सक्यो।
जितपछि कोलकाता अंकतालिकामा चौथो स्थानमा रहेको छ जसको १४ खेलमा १४ अंक रहेको छ। हारपछि राजस्थान प्ले-अफ रेसबाट बाहिर हुने चेन्नाई र पन्जाब पछि तेश्रो टिम बनेको छ।
“मलाई लागेको थियो यो औशत हो। सबै ब्याट्सम्यानले ब्याटिंगमा आउदा विकेट राम्रो छ र शित हुँदा अझ सहज हुने बताएका थिए। हामीले १० देखि १५ ओभरको बीचमा विकेट गुमायौं तर पनि इनिंगको अन्त्य राम्रो गर्न सक्यौं। हामि त्यहाँ स्वतन्त्र प्रकारको क्रिकेट खेल्न गाएका थियौं जसले मात्र हामिलाई जित दिलाउन सक्थ्यो। अझ विशेष गरि शित अनपेक्षित रुपमा आउने गर्छ।”

खेलमा लकी फर्गुसनलाई बाहिर राख्दै आन्द्रे रसेललाई खेलाउनुको कारण बारे सोध्दा मोर्गनले बताए – “आन्द्रे रसेललाई खेलाउनुको पछाडी परिस्थिति र समीकरणको कारण हो। हामीले जोखिम मोलेका हौँ। हामीले यो कुरा बारे खेल अघि बहस पनि गरेका थियौं।”
“खेल जित्नको लागी विशेष गरि सुरुवाती विकेट आवस्यक थियो। राजस्थान त्यस्तो टिम हो जसको माथिल्लो क्रमको ब्याट्सम्यानहरु राम्रा छन् त्यसैले उनीहरुलाई छिट्टै आउट गर्नुपर्थ्यो। हामिले आक्रामक मनस्थितिमा खेल्नुपर्थ्यो। राम्रो लेन्थमा बलिंग गर्नु आवस्यक थियो जसलाई पहिलो ६ ओभरमा लाग्नु गर्ने प्रयास गर्यौं जसमा माभीले शानदार बलिंग गरे। पक्कै पनि प्याटले सुरुवातमा लय दिने काम गरे।”
लक्ष्य पछ्याउने क्रममा राजस्थानले पहिलो ५ विकेट ३७ रनको योगफलमै गुमाएको थियो जसमध्ये प्याट कमिन्सले ४ विकेट लिएका थिए।
मलाई थाहा थियो नेट रन रेटको बारे पनि तर त्यो भन्दा पहिले तपाई जित्ने अवस्थामा पुग्नु पर्छ।”
“मलाई लाग्दैन यो भन्दा बढी आज हामीले गर्न सक्थ्यौ। त्यसैले अब जे हुन्छ भगवानको हातमा छ।” मोर्गनले बताए।
अब कोलकाताको प्लेअफ सम्भावना दिल्ली र बैंगलोर तथा हैदरावाद र मुम्बई बीचको खेलमा टिकेको छ। हैदरावादलाई मुम्बईले पराजित गरेमा कोलकाता प्लेअफ पुग्नेछ। त्यसो नभएको खण्डमा दिल्ली र बैंगलोर बीचको खेलमा पराजित हुने टिमको नेट रन रेट कोलकाता भन्दा कम हुन आवस्यक छ।
यो पनि पढ्नुस
IPL प्लेअफ रेस : ३ स्थान, ४ टिम, २ खेल बाँकी, यस्तो छ प्लेअफ समीकरण
कमिन्सले घातक बलिंग गर्दा कोलकाताको शानदार जित, राजस्थान बाहिरियो
आजम र एहमद चम्किदा १ खेल अगावै पाकिस्तानले जित्यो सिरिज
पन्जाबको प्ले-अफ सपना चेन्नाईद्वारा चकनाचुर, गायकवाडको कीर्तिमानी अर्धशतक
