आईपीएल २०२० को प्ले-अफ रेसको टुंगो लाग्न धेरै समय बाँकी छैन। सनराइजर्स हैदरावाद र मुम्बई इन्डीएन्स बीचको मंगलबार हुने खेलले प्ले-अफ पुग्ने चौथो टिम हैदरावाद वा कोलकाता नाइट राइडर्स हुनेछ टुंगो लगाउनेछ। पन्जाब, राजस्थान र चेन्नाई प्लेअफ रेसबाट बाहिर भैसकेका छन् भने हैदरावाद र कोलकाताको प्ले-अफ स्थान निर्क्योल हुन बाँकी छ।
सोमबार राति सम्पन्न खेल पछि दिल्ली र बैंगलोरले प्ले-अफमा स्थान सुरक्षित गर्यो। दिल्लीले बैंगलोरलाई पराजित गर्दै १६ अंक सहित अंकतालिकामा दोश्रो स्थान पक्का गरेको हो। अर्कोतर्फ बैंगलोर हारपछि १४ अंक सहित कोलकता भन्दा राम्रो नेट रन रेट हुँदा प्ले-अफ पुग्न सफल रह्यो।

पहिले-प्ले अफ खेल मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स बीच नोभेम्बर ५ तारिखमा खेलिनेछ जसको विजेता फाइनल पुग्नेछ। हैदरावाद र मुम्बई बीचको खेलमा मुम्बई विजयी भए कोलकाता प्ले-अफ पुग्नेछ भने हैदरावाद विजयी भए हैदरावाद प्लेअफ पुग्ने चौथो टिम हुनेछ। अंकतालिकामा कोलकाता १४ अंक सहित चौथो तथा हैदरावाद १३ अंक सहित पाँचौ स्थानमा रहेको छ।
हेर्नुस कोलकाता र हैदरावाद प्लेअफ पुग्ने समीकरण
कोलकाता नाइट राइडर्स : खेल १४ अंक १४ , नेट रन रेट -०.२१४
– हैदरावादले मुम्बईसंग हार बेहोरेको खण्डमा कोलकाता प्ले-अफ पुग्नेछ
सनराइजर्स हैदरावाद : खेल १३ , अंक १२ , नेट रन रेट ०.५५५ , बाँकी खेल – मुम्बईसंग
– हैदरावादले मुम्बईलाई पराजित गरेमा प्लेअफ पुग्नेछ भने पराजित भए बाहिरिनेछ
आईपीएलको बाँकी खेलहरु :-
नोभेम्बर ३ : मुम्बई इन्डीएन्स Vs सनराइजर्स हैदरावाद
नोभेम्बर ५ ( पहिलो क्वालीफायर ) : मुम्बई इन्डीएन्स Vs दिल्ली क्यापिटल्स
नोभेम्बर ६ ( इलिमीनेटर ) : रोयल च्यालेन्जर्स बैंगलोर Vs ( कोलकाता र हैदरावाद मध्ये एक टिम )
नोभेम्बर ८ ( दोश्रो क्वालीफायर ) : पहिलो क्वालीफायरमा पराजित हुने टिम Vs इलिमीनेटरमा विजयी हुने टिम
नोभेबर १० ( फाइनल ) : पहिलो क्वालीफायर विजयी टिम Vs दोश्रो क्वालिफायरमा विजयी टिम
यो पनि पढ्नुस :
“छनौट भयौं खुसि छौँ तर शिर्ष-२ मा पर्न सकेको भए अझ राम्रो हुन्थ्यो” कोहली
दिल्ली र बैंगलोर प्लेअफमा, मुम्बई र दिल्लीले पहिलो क्वालिफायर खेल्ने
कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर
“मलाई लाग्दैन यो भन्दा बढी हामीले गर्न सक्थ्यौ, अब जे हुन्छ भगवानको हातमा छ” मोर्गन
https://wicketnepal.com/dhoni-on-2021-ipl-team-change-wn20/
