मधेभिरेले उत्कृस्ट ब्याटिंग गर्दा जिम्बाब्वेद्वारा पाकिस्तानलाई १५७ रनको लक्ष्य

२०७७ कार्तिक २२, शनिबार १८:१७

जिम्बाब्वे र पाकिस्तानबीच ३ खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत शनिवार जारी पहिलो खेलमा भ्रमण टोलि जिम्बाब्वेले घरेलु टोलि पाकिस्तानलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रावलपिण्डि क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिंग रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाउएको हो।

खराब सुरुवात गरेको जिम्बाब्वेले पहिलो ओभरमै कप्तान चामु चिभाभालाई गुमाएको थियो। उनलाई मोहम्मद हस्नेनले  खाता नखोली एलबिडब्लु गरे। १३ बलमा ३ चौका प्रहार गर्दै २० रन बनाएका ब्रेन्डन टेलर पाचौं ओभरमा हरिश राउफको शिकार बने। तेस्रो विकेटका लागि सिन विलियम्स र वेस्ले मधेभिरेले ३६ रनको साझेदारी गरे। विलियम्स २५ रन बनाएर डेब्युटेन्ट बलर उस्मान कादिरबाट बोल्ड भए।

एक किनारमा विकेट गुमेता पनि अर्को किनार सम्हालेका मधेभरेले ४८ बलमा ७० रनको अविजित अर्धशतकीय पारी खेल्दै जिम्बाब्वेलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए। उनले ९ चौका र १ छक्का हिर्काए। सिकन्दर राजाले ७ तथा रायन बर्लले मात्र ८ रन बनाउन सके । अन्तिममा चिगुम्बुराले १३ बलमा २ चौका र १ छक्का मद्दतले २१ रन बनाउदै जिम्बाब्वेको योगफल १५० पार गराए।

पाकिस्तानको बलिंगतर्फ हरिश राउफ र वहाव रियाजले २ विकेट लिए। यस्तै, उस्मान कादिर र मोहम्मद  हसनेनले समान १-१ विकेट हात पारे।

यस अघि पाकिस्तान भ्रमण अन्तर्गत जिम्बाब्वेले ३ खेलको एक दिवसीय शृंखला २-१ ले जितेको थियो।

https://wicketnepal.com/zim-beat-pk-in-super-over-wn20/

https://wicketnepal.com/can-bargikaran-sachyayo-wn20/

https://wicketnepal.com/gambhir-on-kohli-failure-ipl-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy