‘कोहलीलाई बैंगलोरको कप्तानीबाट हटाउनु हुँदैन’ सेहवाग

२०७७ कार्तिक २३, आईतवार १८:११

भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले बिराट कोहलीलाई रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानीबाट हटाउनुपर्ने धारणाको बिपरित साथी खेलाडी अर्का पूर्व भारतीय क्रिकेटर बिरेन्द्र सेहवागले भने कोहलीलाई हटाउन नहुने धारणा राखेका छन्।

बैंगलोर इलिमीनेटरमा हैदरावादसंग पराजित हुँदै आईपीएल २०२० बाट बाहिरीएपछि गम्भीरले प्रतिक्रिया दिने क्रममा कोहलीले असफलताको जिम्मेवारी लिनुपर्ने तथा ८ सिजन बिना ट्रफी निकै लामो समय भएको भन्दै कप्तानी छोड्नु पर्ने धारणा राखेका थिए। तर, सेहवागले भने बैंगलोर टिम व्यवस्थापनले कोहलीलाई लिडरको रुपमा साथ दिनुपर्ने र टिमलाई राम्रो बनाउनुपर्ने विश्वास व्यक्त गरेका छन्।

“एउटा कप्तान टिम जतिकै राम्रो हुन्छ। बिराट कोहलीले भारतको कप्तानी गर्दा उनले नतिजा दिलाउन सकेका छन्। उनले खेल जिताएका छन्, वानडे, टि-२० या टेस्ट किन नहोस्। तर बैंगलोरको कप्तानी गर्दा उनको टिमले प्रदर्शन गरिरहेको छैन।” सेहवागले क्रिक्बजसंग बताए।

“यो महत्वपूर्ण हो कि एउटा कप्तानको लागि टिम राम्रो हुनु जरुरि छ। त्यसैले म विश्वास गर्छु कि टिम व्यवस्थापनले कप्तान परिवर्तन गर्ने कुरा सोच्नु हुँदैन बरु टिम कसरि राम्रो बनाउने सोच्नुपर्छ। बरु कसलाई टिममा ल्याउदा प्रदर्शन अझ राम्रो हुन्छ बारे सोच्नुपर्छ।” उनले थपे।

क्रिक्इन्फोसंग कुराकानी गर्ने क्रममा यस अघि गौतम गम्भीरलाई बैंगलोरले कप्तानी परिवर्तन गर्नुपर्छ भन्ने जवाफमा बताएका थिए – “१००%, किन भने समस्या उत्तरदायित्वको हो। ८ वर्ष ट्रफी बिना लामो समय हो। मलाई भन्नुस अरु कप्तान, ल कप्तान बिर्सनुस, अन्य खेलाडी भन्नुस जो ८ वर्ष देखि उपाधिविहिन छ तै पनि उसलाई निरन्तरता दिईएको छ। त्यसैले उत्तरदायित्वको कुरा हो, एउटा कप्तानले उत्तरदायित्व लिनुपर्छ।”

“यो एक वर्षको कुरा हैन, त्यति मात्रैको कुरा हैन। मलाई बिराटसंग लिनुदिनु केहि छैन तर कताकता मलाई लाग्छ उनले आत्मसमर्पण गरेर बताउनुपर्छ ‘हो, म जिम्मेवार र उत्तरदायी छु।” गम्भीरले बताएका थिए।

https://wicketnepal.com/sandeep-playing-xi-of-aakash-chopda-vs-srh-2nd-qf-wn20/

https://wicketnepal.com/srh-vs-dc-2nd-qf-ipl20-prev/

https://wicketnepal.com/can-bargikaran-sachyayo-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy