कीर्तिमानी दिल्ली पेसरको लागि पर्पल क्याप भन्दा प्रतियोगिता जित महत्वपूर्ण

२०७७ कार्तिक २४, सोमबार ०९:२३

दिल्ली क्यापिटल्सका पेसर कागीसो रबाडाले सनराइजर्स हैदरावाद बिरुद्ध दोश्रो क्वालीफायरमा १७ रनको जित दर्ता गर्दै पहिलो पटक आईपीएल फाइनल यात्रा गर्ने क्रममा ४ विकेट हात पारे।

दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। रबाडाले २९ रन खर्चेर ४ विकेट लिने क्रममा खतरनाक डेभिड वार्नर ( २ रन ) लाई स्पेलको पहिलो बलमै बोल्ड गरे। जित पछि अब फाइनलमा दिल्लीले मुम्बई इन्डीएन्ससंग मंगलबार प्रतिस्पर्धा गर्नेछ।

यसै क्रममा दक्षिण अफ्रिकी पेसर रबाडाले पर्पल क्याप रेसमा मुम्बई पेसर जस्प्रित बुम्राहलाई उछिन्दै पहिलो नम्बरमा पुगेका छन्। रबाडाले २९ विकेट लिएका छन् भने बुम्राहले २७ विकेट। फाइनलमा रबाडा र बुम्राह बीच पर्पल क्यापको लागि समेत प्रतिस्पर्धा हुनेछ।

हैदरावादलाई पराजित गरेपछि प्रतिक्रिया दिने क्रममा रबाडाले पर्पल क्याप भन्दा प्रतियोगिताको जित महत्वपूर्ण रहेको बताएका छन्। दिल्ली १३ वर्षमा पहिलो पटक फाइनल प्रवेश गरेको हो। २५ वर्षीय बलरले आफूले उत्कृस्ट बलिंग नगरेको तर दिन भने आफ्नो भएको बताए –

“आज मेरो दिन थियो। मलाई लाग्दैन मैले राम्रो बलिंग गरे अझ विशेष गरि अन्तिम ओभरमा। तर त्यस्तो दिन हुन्छ जब तपाईले राम्रो बलिंग गर्दा पनि विकेट आउदैन। त्यसैले म यसलाई स्वीकार गर्छु।”

“तर यो कुरा प्रमुख हैन , मुख्य कुरा त प्रतियोगिता जित्नु हो। हामीले प्रतियोगिता जित्यौ र मैले विकेटनै लिईन भने पनि त्यसले मलाई कुनै फरक पर्दैन।”

रबाडाले स्पेलको अन्तिम तथा खेलको १९ औं ओभरमा ३ विकेट लिंदै हैदरावादको सबै सम्भावना अन्त्य गरेका थिए-“यो चुनौतिपूर्ण थियो ,हाम्रो टिम र म करियरमा धेरै पटक त्यस्तो परिस्थितिमा पुगेको छु।”

वार्नरलाई पहिलो बलमै योर्करमा बोल्ड गरेको बललाई उनले यसरी बयान गरे –

“वार्नरले पछिल्लो खेलमा आक्रामक भएर खेलेका थिए त्यसैले उनको विकेट लिन चाहन्थे। उनि गजबको खेलाडी हुन्। म माथि र सिधा खेलाउन चाहन्थे जसमा थोरै स्विंग पनि प्राप्त गरे। उनि प्रमुख खेलाडी थिए।हामीले सुरुवातमा विकेट लिन सक्यौं जसले हामीलाई सहज बनायो, त्यो विकेट निकै राम्रो विकेट थियो।”

पहिलो पटक फाइनल पुगेको दिल्लीले उपाधि जित्दै इतिहास जित्ने विश्वास उनले व्यक्त गरे –

“दिल्ली आईपीएल सुरुवात देखि फाइनल पुगेको छैन, त्यसैले टिमलाई नयाँ उचाइमा पुर्याउन पाउदा हर्षित छु। हामिसंग अब २ दिन बाँकी छ जसमा थोरै आराम गर्नेछौ र आशा गर्छौं इतिहास रच्नेछौ।”

“आईपीएल ठुलो प्रतियोगिता हो किनकि खेलाडीहरु उत्कृस्ट छन्। यो लिगलाई धेरैले पछ्याउने गर्छन्। मुम्बई धेरै राम्रो टिम हो। हामि युवा टिम छौ तर हामिसंग धेरै प्रतिभाहरु छन् जो आफ्नो उत्कृस्ट दिनको लागि उत्साहित छन्।” रबाडाले बताए।

रबाडाको कीर्तिमान

कुल २९ विकेट लिंदै रबाडा दिल्ली क्यापिटल्स टिमको इतिहासमै एकै सिजनमा सबैभन्दा बढी विकेट लिने खेलाडी समेत बनेका छन्। २६ औं विकेट लिंदै उनले यस अघि आफै र मोर्ने मोर्केलले लिएको २५ विकेटको कीर्तिमान तोडेका थिए। रबाडाले गत सिजन तथा मोर्केलले २०१२ मा उक्त विकेट लिएका थिए।

यस्तै रबाडा आईपीएलको एकै सिजनमा दोश्रो सर्वाधिक विकेट लिने खेलाडी समेत बनेका छन्। उनि भन्दा बढी २०१३ मा ड्वेन ब्राभोले कुल ३२ विकेट लिएका थिए। यस क्रममा रबाडाले समान २८ विकेट लिएका लासिथ मालिंगा र जेम्स फल्कनरलाई भने पछि पारे।

https://wicketnepal.com/ipl-dc-vs-srh-2nd-qf-report-wn20/

https://wicketnepal.com/warnar-react-after-loss-vs-dc-1st-qf-wn20/

https://wicketnepal.com/pak-2nd-t20i-win-vs-zim-wn20/

https://wicketnepal.com/mahela-jayawardene-sya-no-to-sl-coaching/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy