मङ्सिर दोश्रो साता नेपालले मुख्य प्रशिक्षक पाउने, सकियो अन्तर्वार्ताको चरण

२०७७ कार्तिक ३०, आईतवार ०९:१९

नेपाल क्रिकेट संघले मुख्य प्रशिक्षक पदको लागि विश्वभरका १२ जना प्रशिक्षकसंग अन्तर्वार्ता लिएको छ।पदको लागि ७२ जनाको आवेदन परेकोमा त्यसबाट क्यानले पहिलो चरणमा २५ जना तथा दोश्रो चरणमा १२ जनाको नाम चयन गरेको थियो।

शनिवार विहान १० बजे देखि ३ बजे बेलुकासम्म क्यानले १२ जनाको अन्तर्वार्ता सम्पन्न गरेको हो। क्यानको तर्फबाट अन्तर्वार्तामा अध्यक्ष चतुरबहादुर चन्द सहित सचिव अशोकनाथ प्याकुरेल र कोषाध्यक्ष रोशन सिंह अन्तर्वार्तामा रहेका थिए। यस्तै स्वन्त्रत विज्ञको रुपमा पूर्व राष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरी उपस्थित रहेका थिए। विकेटनेपाललाई जानकारी भए अनुसार आईसीसीको प्रतिनिधि भने अन्तर्वार्तामा उपस्थित थिएनन्।

श्रोतका अनुसार शनिवार अन्तर्वार्ता दिनेमा नेपाली राष्ट्रिय टिमका पूर्व तथा पूर्व श्रीलंकन क्रिकेटर प्रशिक्षक पुबुदु दासानायके, श्रीलंकालाई १९९६ को विश्वकप जिताएका प्रशिक्षक तथा पूर्व अस्ट्रेलियन क्रिकेटर डेभ व्हाटमोर पनि थिए। ६६ वर्षीय व्हाटमोर नेपालमा ३ वर्ष अघि छोटो समयको लागि प्रशिक्षणको लागि आएका थिए। दक्षिण अफ्रिकी पूर्व क्रिकेटर लेन्स क्लुजनर तथा भारतीय पूर्व क्रिकेटर चेतन शर्माले पनि आवेदन दिएको चर्चा गरिएता पनि उनिहरु भने अन्तर्वार्तामा उपस्थित नभएको बताईएको छ।

अन्तर्वार्ता दिने अन्य भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्यान्ड जस्ता देशका प्रशिक्षकहरु रहेको विकेटनेपाललाई जानकारी प्राप्त भएको छ। नेपाली क्रिकेट टिमको बिगतमा कन्सल्टेन्टको काम गरेका भारतीय प्रशिक्षकहरुले पनि अन्तर्वार्ता दिएको बताईएको छ। क्यानले भने हालसम्म आधिकारिक रुपमा अन्तर्वार्ता दिएका १२ जनाको सूची सार्वजनिक गरेको छैन।

Pubudu Dassanayake
नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले पनि अन्तर्वार्ता दिएका छन्

अन्तर्वार्तामा प्रशिक्षकहरुलाई नेपालको एकदिवसीय मान्यता कसरि जोगाउनु हुन्छ, नेपाललाई अझ माथिल्लो स्तरमा पुर्याउने योजना के छ जस्ता प्रश्नहरु सोधिएको थियो। प्रशिक्षकहरुले अपेक्षा गरेको तलब समेत त्यसक्रममा सोधिएको थियो। एक जनासंग २० मिनेट अन्तर्वार्ता लिईएको थियो।

क्यानले अन्तर्वार्ता पछि नेपालको लागि योग्य मुख्य प्रशिक्षक चयन गरेर आईसीसीलाई नाम पठाउनेछ जसपछि आईसीसीले त्यसको अन्तिम निर्णय लिनेछ। मङ्सिर दोश्रो साता नेपाली क्रिकेट टिमले नयाँ मुख्य प्रशिक्षक पाउनेछ।

संघले छनोट गरेको उम्मेदवारसँग एकवर्षको समयावधि राखेर अनुबन्धन गरिनेछ। गत वर्ष माघमा भारतीय प्रशिक्षक उमेश पटवालले राजिनामा दिएपछि नेपालले नयाँ प्रशिक्षक पाएको छैन। मुख्य प्रशिक्षकविहीन रहेको नेपाली टोलिको प्रशिक्षण हाल जगत टमाटाले गर्दै आएका छन्।

क्यानले यस अघि क्रिकेट म्यानेजर पदको लागि समेत अन्तर्वार्ता लिईसकेको छ जसमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान बिनोद दास समेतले आवेदन दिएका थिए। श्रोतका अनुसार दासनै क्रिकेट म्यानेजर बन्ने पक्का जस्तो छ।

यो पनि पढ्नुस :

https://wicketnepal.com/saina-maina-namuna-rangashala-wn20/

https://wicketnepal.com/sandeep-big-bash-league-team-wn20/

https://wicketnepal.com/can-bargikaran-sachyayo-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy