लाहोर पाकिस्तान सुपर लिगको फाइनलमा

२०७७ मंसिर १, सोमबार ००:४३

दोश्रो क्वालीफायरमा मुल्तान सुल्तानलाई २५ रनले पराजित गर्दै लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिगको फाइनलमा कराची किंग्ससंगको भेट पक्का गरेको छ।

नेसनल स्टेडियम, कराचीमा सम्पन्न खेलमा लाहोरले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा मुल्तानले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।

मुल्तानको लागि ओपनर एडम लिथले सर्वाधिक ५० रन बनाए जुन क्रममा २९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। खुसदिल शाहले ३०, शान मशुदले २७, राईली रोस्योले १८ रन बनाए।

लाहोरको बलिंगमा हरिश रौफ ( ४-०-३०-३ ) र डेभिड वेसले ( ४-०-२७-३ ) ले समान ३ विकेट तथा शाहिन अफ्रिदी ( ४-०-३६-२ ) र दिलबर हुसेन ( ३.१-०-२९-२ ) ले समान २ विकेट लिए।

लिथले जिशान अश्रफसंग ४७ तथा शान मसुदसंग ३३ रनको साझेदारी गरेता पनि नवौं ओभरमा लिथको विकेट पछि मुल्तान खेलमा फर्कन सकेन। ८०/१ को राम्रो अवस्थाबाट मुल्तानले थप ६७ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

यस अघि टस हारेर ब्याटिंग रोजेको लाहोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो।

लाहोरको लागी डेभिड वेसले अविजित रहँदै सर्वाधिक ४८ रन बनाउने क्रममा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै फखर जमानले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाए। तमिम इकबालले ३०, समित पटेलले २६ तथा मोहम्मद हफिजले १९ रन बनाए।


पहिलो विकेटको लागी तमिम र जमानले ४६ रन जोडेपछि लाहोरले लगातार विकेट गुमाएको थियो। १११/५ को अवस्थाबाट छैठौं विकेटको लागि वेसले समित पटेलसंग ५९ रनको साझेदारी गरेका थिए।

मुल्तानको बलिंगमा शाहिद अफ्रिदीले २ विकेट ( ४-०-१८-२ ) तथा एडम लिथ, सोहेल तन्भिर, मोहम्मद इल्यास र जुनैद खानले समान १ विकेट लिए।

कराचीले पहिलो क्वालीफायरमा मुल्तानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। फाइनल खेल मंगलबार खेलिनेछ।

https://wicketnepal.com/psl-eliminator-sup-ov-wn20/

https://wicketnepal.com/nepal-head-coach-mangsir-doshro-sata-wn20/

https://wicketnepal.com/sandeep-big-bash-league-team-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy