राष्ट्रिय क्रिकेट टोलीको एक दिवसीय मान्यता एक वर्ष बढ्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसिय (ओडिआई) मान्यता अर्को एक वर्ष बढ्ने भएको छ । सन् २०२२ सम्मलाई रहेको नेपालको ओडिआई मान्यता अब २०२३ सम्म रहने छ ।

नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले बुधबार वार्षिक साधारण सभाको उद्घाटनका क्रममा कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप लिग–२ का खेलहरु हुन नसक्दा एक वर्ष बढाएर २०२३ मार्च सम्मलाई ओडिआई मान्यता दिने भएको जानकारी गराएका हुन्।

नेपालको २०२१ मा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा दुई वटा खेल खेल्ने सम्भावना रहेको पनि अध्यक्ष चन्दले बताए । मार्चदेखि विश्वकप लिग–२ गराउन आइसिसीले क्यानलाई प्रस्ताव राखेको चन्दले जानकारी गराए।

मार्चमा नेपालले ओमानमा गएर खेल्ने सम्भावना छ । जुलाईमा पनि आइसिसीले त्रिकोणात्मक सिरिजको लागि प्रस्ताव गरेको छ । बाँकी विश्वकप लिग–२ का खेलहरु २०२२ र २०२३ मा हुने अध्यक्ष चन्दले बताए।

डिसेम्बर भित्र क्यानले प्रधानमन्त्री कप एकदिवसिय महिला र पुरुष दुवैको राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरिरहेको पनि भर्चुअल साधारण सभामार्फत चन्दले जानकारी गराउनुभयो ।





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]