लंका प्रिमियर लिगमा फिक्सिंग प्रयास, आईसीसीले थाल्यो अनुसन्धान

२०७७ मंसिर ११, बिहीबार ०९:१९

लंका प्रिमियर लिग ( एलपीएल ) क्रिकेट सुरु नहुँदै बिभिन्न नकरात्मक कारणले चर्चामा रहँदै आएको छ। आयोजना मिति परीवर्तन, खेलाडीहरुले लिग छोड्नु जस्ता समाचारहरुले लिगलाई नकारात्मक प्रभाव पारेको थियो।

एलपीएललाई सुरु हुनु अघि अर्को पनि धक्का लागेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले लिगमा फिक्सिंगको प्रयास भएको भन्दै अनुसन्धान सुरु गरेको छ।

लिगको पहिलो सिजन आज ( नोभेम्बर २६ ) देखि सुरु हुँदैछ। एक जना पूर्व श्रीलंकन राष्ट्रिय क्रिकेटरले एलपीएलमा सहभागी खेलाडीलाई फिक्सिंगको लागि सम्पर्क गरेको खबर आएपछि आईसीसीले यसबारे अनुसन्धान गर्ने भएको श्रीलंकाको चर्चित पत्रिका लंकापिडियाले लेखेको छ।

“पूर्व राष्ट्रिय क्रिकेटर जो हाल देश बाहिर रहेका छन् उनले सम्पर्क गरेका थिए।” पत्रिकाले लेखेको छ। उक्त पूर्व क्रिकेटरलाई यस अघि पनि आईसीसीले फिक्सिंगको दोषी मानेको थियो तर पछि उनले सफाइ पाएका थिए।

श्रीलंका क्रिकेट बोर्डले भने यो बारे केहि पनि बोल्न मानेको छैन। बोर्डको भ्रस्टाचार-निरोधि युनिटले यो कुरालाई सही नभएको समेत बताएको छ।

एलपीएल दर्शक रहित मैदानमा खेलिंदैछ जसको आईसीसीको भ्रस्टाचार निरोधि अफिसियलहरुले नजिकबाट निगरानी गर्नेछन्।

गत साता मात्रै श्रीलंकाका पूर्व फास्ट बलिंग प्रशिक्षक नुवान जोयसालाई आईसीसीले म्याच फिक्सिंग दोषी ठहर गरेको थियो। २ वर्षको अनुसन्धान पछि आईसीसीको उक्त निस्कर्ष बिरुद्ध जोयसाले अपिल गर्ने बताएका थिए। श्रीलंका क्रिकेटमा म्याच फिक्सिंग निकै ठूलो समस्याको रुपमा देखिएको छ।

गत वर्ष श्रीलंकाले फिक्सिंग बिरोधि कानुन समेत बनाएको थियो। त्यसपछि श्रीलंकाका खेल मन्त्रि हरिन फर्नान्डोले आईसीसीले श्रीलंकालाई विश्वकै सबैभन्दा बढी भ्रस्टाचार भएको देश मान्ने बताएका थिए।

एलपीएल सुरु हुँदै 

एलपीएल २०२० यस अघि अगस्टमा आयोजना हुने बताईता पनि कोरोना भाइरसको कारण बिभिन्न व्यवधान खडा भएपछि नोभेम्बर २६ देखि सुरु हुँदैछ।


तथापी क्रिस गेल, लासिथ मालिंगा, लियाम प्लंकेट, मोहम्मद हफिज, फाफ डु प्लेसी जस्ता ठूला क्रिकेटरहरुले नाम फिर्ता लिंदा थोरै मात्र हाइ प्रोफाइल विदेशी खेलाडीहरु लिगमा सहभागी हुँदैछन्। भारतीय क्रिकेटर इरफान पठान, पाकिस्तानी क्रिकेटर शहिद अफ्रिदी लिगमा सहभागी हुँदैछन्।

लिगमा कोलोम्बो, क्यान्डी, गाल, दाम्बुल्ला, जाफ्ना गरि ५ टिम सहभागी हुँदैछन्। लिगमा कुल २३ खेल खेलिनेछ। पहिलो खेलमा कोलोम्बो र क्यान्डीले प्रतिस्पर्धा गर्नेछन्। लिगको फाइनल खेल डिसेम्बर १६ मा खेलिनेछ।

लिगमा सहभागी टिमहरुका खेलाडीहरु 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy