मलान चम्किदा, १ खेल अगावै इंग्ल्याण्डलाई सिरिज

२०७७ मंसिर १४, आईतवार २३:२२

इंग्ल्याण्डको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत ३ खेलको टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आइतबार राति सम्पन्न दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै भ्रमण टोलि इंग्ल्याण्डले एक खेल अगावै सिरिज २-० ले आफ्नो नाम गरेको छ। यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा ५ विकेटको जित हात पार्दै इंग्ल्याण्डले सिरिजमा अग्रता लिएको थियो।

पार्ल स्थित बोल्यांड पार्क क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदैं १४७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा इंग्ल्याण्डले एक बल अगावै ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

इंग्ल्यान्ड लागि टि-ट्वान्टी वरियताको शिर्ष स्थानमा रहेका डेविड मलानले ५५ रन बनाए। टि-२० अन्तर्राष्ट्रियमा व्यक्तिगत सातौँ अर्धशतक बनाउने क्रममा ४० बलको सामना गरेका उनले ७ चौका र १ छक्का हिर्काए।

टिमको योगफल ८३/४ रहंदा मलानले पाचौं विकेटको लागि कप्तान ओएन मोर्गनसंग ५१ रनको महत्वपूर्ण साझेदारी गर्दै इंग्ल्याण्डलाई जिततर्फ उन्मुख गरेका थिए। मोर्गनले १७ बलमा ३ चौका र १ छक्का मद्दतले अविजित २६ रन बनाए।

अन्तिम ओभरको पाचौं बलमा १ रन आवश्यक पर्दा कागीसो रबाडाको बलिंगमा क्रिस जोर्डानले चौका हिर्काएका थिए।

पछिल्लो खेलमा अविजित ८६ रनको शानदार पारि खेलेका जोनी बेयरस्टोले ३, बेन स्टोक्सले १६ तथा स्याम करनले मात्र १ रन बनाए। यस अघि ओपनरद्वर जेसन रोय र जोस बटलर क्रमशः १४ र २२ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए।

दक्षिण अफ्रिकाको बलिंगतर्फ ताब्रेज शाम्सीले (४-०-१९-३) सर्वाधिक ३ विकेट हार पारे जुन क्रममा बटलर, बेयरस्टो र स्टोसलाई आउट पारे। यस्तै, लुंगी एन्गीडीले ३ तथा कागीसो रबाडाले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १४६ रन बनाएको थियो। उसका लागि कप्तान क्विन्टन डिककले सर्वाधिक ३० रन बनाए जुन क्रममा १८ बलमा ३ चौका र १ छक्का हिर्काए।

सबै ब्याट्सम्यानले राम्रो सुरुवात पाएता पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न नसक्दा घरेलु टिम विशाल योगफल बनाउनबाट चुक्यो। टेम्बा बभुमाले १३, रिजा हेन्ड्रिक्सले १६ तथा फाफ डुप्लेसिसले ११ रन बनाए। छैटौ विकेटको लागि भ्यान डर डुसेन र लिंडेले ४४ रनको साझेदारी गर्दै टिमलाई मध्यम योगफलतर्फ डोर्याए। डुसेनले अविजित २५ तथा लिंडेले २९ रन बनाए।

इंग्ल्याण्डको बलिंगतर्फ आदील राशिदले (४-०-२३-२) सर्वाधिक २ विकेट लिए भने जोफ्रा आर्चर, टम कारन र क्रिस जोर्डानले सामना १-१ विकट लिए।

सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल मंगलबार खेलिनेछ। टि-२० सिरिज पछि दुइ टिम बीच ३ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज डिसेम्बर ४ देखि सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy