माछापुच्छ्रेको जितमा अभिषेक थापाको शतक

२०७७ मंसिर २५, बिहीबार १९:४४

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारि जिल्ला स्तरीय एकदिवसीय छनोट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले अरुणज्योति क्रिकेट क्लबलाई २०६ रनको विशाल अन्तरले पराजित गरेको छ।

पोखरा रंगशालामा सम्पन्न खेलमा माछापुच्छ्रेले दिएको २७७ रनको लक्ष्य पछ्याउने क्रममा अरुणज्योतिले २०.५ ओभरमा ७० रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

शतक बनाएका अभिषेक थापाले अघिल्लो खेलमा पनि ९६ रन बनाएका थिए 

माछापुच्छ्रेको जितमा प्लेयर अफ द म्याच चुनिएका ब्याटिंगमा अभिषेक थापाले शतकीय योगदान दिए। दायाँ हाते ब्याट्सम्यानले १४१ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ११० रन बनाए। थापाले यस अघि पोखरा क्रिकेट क्लब बिरुद्धको खेलमा पनि अविजित ९६ रन बनाएका थिए। १७ वर्षीय थापा काठमाडौँ ग्रेट हिमालय क्रिकेट एकडेमीमा क्रिकेट प्रशिक्षण लिईरहेका छन्। यस्तै माछापुच्छ्रेको बलिंगमा कृष्ण पौडेलले सर्वाधिक ३ विकेट तथा अमृत गुरुङ, कृष्ण बास्तोला र रिकेश गुप्ताले समान २ विकेट लिए।

प्रमंसिर २३ गतेबाट शुरु भएको प्रतियोगिता २९ गते सम्पन्न हुने छ । प्रतियोगितामा कास्कीका ६ वटा क्लवको सहभागिता रहेको छ ।

( फोटो – सुदर्शन रन्जित )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy