गौतम बुध कप : राप्ती बिरुद्ध जित्नेपर्ने खेलमा बागमतीलाई १३० रनको लक्ष्य

२०७७ मंसिर २८, आईतवार १३:१२

चितवनमा जारि गौतम बुद्ध कप टि-२० प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा बिनोद भण्डारी कप्तानीको राप्ति र ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

पहिलो खेलमा बागमती नारायणीसंग पराजित भएकोले आजको खेलमा हार बेहोरेको खण्डमा बागमती प्रतियोगिताबाट बाहिर हुनेछ। राप्ती आज विजयी भए नारायणीसंग फाइनल खेल्ने पक्का हुनेछ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर ब्याटिंग गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाउदै बागमतीलाई १३० रनको लक्ष्य प्रस्तुत गरेको छ। ( स्कोरकार्ड   )

राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६, शरद भेसावकर र बिनोद भण्डारीले समान २१, कमल ऐरीले १६ तथा लोकेश बमले १५ रन बनाए। कुशल भुर्तेलले ३, हरि चौहानले ५ रन बनाए।

अमित श्रेष्ठ

ओपनर कुशल भुर्तेललाई पहिलो ओभरमा सोमपाल कामिले एलबिडब्लु आउट गरेपछि दोश्रो विकेटको लागि अर्का ओपनर अमित श्रेष्ठले शरद भेसावकरसंग ४० रनको साझेदारी गरे। सातौँ ओभरमा आक्रामक ब्याटिंग गरिरहेका शरदलाई सागर ढकालले स्टम्प आउट गरे।

तेश्रो विकेटको लागि अमितले कप्तान बिनोदसंग २९ रन जोडे। भण्डारीलाई ११ औं ओभरमा सागरले बोल्ड गर्दै दोश्रो शिकार बनाए। त्यसपछि एक किनार सम्हालीरहेका अमितलाई १२ औं ओभरमा राशिद खानले क्याच आउट गराए। १४ औं ओभरमा लोकेश बमलाई ललित राजबंशीले क्याच आउट गराए। हरि चौहान र कमल ऐरीले सातौँ विकेटको लागि २० रनको साझेदारी गरे। ऐरीलाई बिक्रम सोबले १९ औं ओभरमा क्याच आउट गराए।

बागमतीको बलिंगमा सागर ढकाल ( ४-०-१५-२ ) , सोमपाल कामि ( ४-०-२७-२ ) र राशिद खान ( ४-०-१७-२ ) ले समान २ विकेट लिए। बिराम सोब ( ४-०-३०-१ ) र ललित राजबंशी ( ४-०-३८-१ ) ले समान १ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy