Big Bash : सिड्नीसंग मेलबर्नको लज्जास्पद प्रदर्शन

२०७७ मंसिर २८, आईतवार १९:१६

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत छैठौं खेलमा सिड्नी सिक्सर्सले मेलबर्न रेनेगेड्सलाई १४५ रनको विशाल अन्तरले पराजित गरेको छ।

बेलीरिभ ओभल मैदान होबार्टमा सम्पन्न खेलमा सिड्नीले दिएको २०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मेलबर्नले १०.४ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो। मेलबर्नको योगफल बिग ब्यास लिग इतिहासमै दोश्रो कम योगफल हो। यस अघि मेलबर्नलेनै २०१४/१५ सिजनमा मेलबर्न स्टार्ससंग ५७ रन मात्र बनाउन सकेको थियो।

लज्जास्पद योगफलमा मेलबर्नलाई समेट्न सिड्नीका देब्रे हाते फास्ट बलर बेन ड्वारसुइसले ४ विकेट लिए जुन क्रममा उनले २.४ ओभरमा मात्र १३ रन खर्चिए। देब्रे हाते स्पिनर स्टिभ ओकिफले ३ विकेट ( ३-०-१६-३ ) , कार्लोस ब्राथवेटले २ ( २-०-१२-२ ) विकेट लिए।

मेलबर्नको ब्याटिंगमा शन मार्श, जेक फ्रेसर र केन रिचर्डसनले समान १३ तथा कप्तान आरोन फिन्चले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Josh Phillippe of the Sixers bats during the Big Bash League match between the Sydney Sixers and the Melbourne Renegades

यस अघि टस हारेर ब्याटिंग गरेको सिड्नीले २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको थियो।

सिड्नीका ओपनर जोश फिलिपेले सर्वाधिक ९७ रन बनाए जुन क्रममा ५७ बलमा ९ चौका र ३ छक्का हिर्काए। जोर्डन सिल्कले १९ बलमा ७ चौका र १ छक्का मद्दतले ४५ रन बनाए। फिलिपेले १७ रन बनाएका ड्यानियल ह्युजसंग ७८ रनको तथा सिल्कसंग ७० रनको साझेदारी गरे।

मेलबर्नको बलिंगमा पिटर हाटजोग्लुले सर्वाधिक २ विकेट लिए।

जितपछि सिड्नी २ खेलमा १ जित र १ हार पछि अंकतालिकामा ५ अंक सहित तेश्रो स्थानमा पुगेको छ। हार पछि मेलबर्न समान जित र हार पछि ४ अंक सहित चौथो स्थानमा रहेको छ। अंकतालिकाको शिर्ष स्थानमा ८ अंक सहित मेलबर्न र दोश्रो स्थानमा ७ अंक सहित होबार्ट हरिकेन्स रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy