प्रदेश स्तरीय महिला क्रिकेट : सिरहा र महोतरीको विजयी सुरुवात

३० मंसिर, राजबिराज ।

प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा मंगलवारबाट सुरु भएको प्रदेश स्तरीय महिला छनौट क्रिकेट प्रतियोगिता अन्तर्गत सिरहाले सप्तरीलाई तथा महोतरीले बारालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।

राज रंगशालामा संचालित प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा सप्तरीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित १४ ओभरको खेलमा ९ बिकेटको नोक्सानीमा २७ रनमै समेटिएको थियो। सप्तरीका लागि कुनै पनी खेलाडिले दोहोरो अंक छुन सकेका थिएनन् भने अतिरिक्त रनको रुपमा १९ रन प्राप्त गरेका थिए। बलिंगतर्फ सिरहाका आरति चौधरीले ३ ओभरमा १ मेडन सहित २ रन दिई ३ विकेट लिएका थिए भने अनुराधा चौधरीले २ तथा सन्तोषी चौधरी, सरस्वती चौधरी र कविता गौतमले सामान १ विकेट लिए।

२८ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य २ ओभर २ बलमा बिना कुनै विकेटको नोक्सानीमा प्राप्त गरेको थियो। सिरहाका लागि आरती चौधरी ७ तथा अनुराधा चौधरी ५ रनमा नटआउट रहे।

खेलको प्लेयर अफ द म्याच सिरहाका उत्कृष्ट बलिंग गरे वापत आरती चौधरी घोषित भइन्।

मंगलबारनै सम्पन्न एक अर्को खेलमा बाराले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाई ६८ रन बनाएको थियो। बाराका लागि कुनै पनी खेलाडिले दोहोरो अंक छुन सकेनन् भने अतिरिक्त रनको रुपमा ३१ रन प्राप्त गरेका थिए। बलिंगतर्फ रोजी कडेरीले ४ ओभरमा १२ रन दिई ३ विकेट प्राप्त गरेका थिए भने बिमला मगर, मानसी चौहान र शोभा आलेले सामान १ विकेट लिए।

६९ रनको लक्ष्य लिई मैदानमा ओर्लेको महोतरीले उक्त लक्ष्य सजिलै ७ ओभर २ बलमा २ विकेटको नोक्सानीमा प्राप्त गर्यो।

महोतरीका लागि बिमला मगरले नटआउट रहि १९ रनको योगदान दिएका थिए भने पुष्पा फुयालले १२ रनको योगदान दिए। बलिंगतर्फ बाराका साना प्रबिन र चादनी अधिकारीले सामान १ विकेट लिएका थिए।

खेलको प्लेयर अफ द म्याच उत्कृष्ट बलिंग गरे वापत महोतरीका रोजि कडारी घोषित भइन्।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]