प्रदेश स्तरीय महिला क्रिकेट : सिरहा र महोतरीको विजयी सुरुवात

२०७७ मंसिर ३०, मंगलवार १८:३१

३० मंसिर, राजबिराज ।

प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा मंगलवारबाट सुरु भएको प्रदेश स्तरीय महिला छनौट क्रिकेट प्रतियोगिता अन्तर्गत सिरहाले सप्तरीलाई तथा महोतरीले बारालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।

राज रंगशालामा संचालित प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा सप्तरीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित १४ ओभरको खेलमा ९ बिकेटको नोक्सानीमा २७ रनमै समेटिएको थियो। सप्तरीका लागि कुनै पनी खेलाडिले दोहोरो अंक छुन सकेका थिएनन् भने अतिरिक्त रनको रुपमा १९ रन प्राप्त गरेका थिए। बलिंगतर्फ सिरहाका आरति चौधरीले ३ ओभरमा १ मेडन सहित २ रन दिई ३ विकेट लिएका थिए भने अनुराधा चौधरीले २ तथा सन्तोषी चौधरी, सरस्वती चौधरी र कविता गौतमले सामान १ विकेट लिए।

२८ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य २ ओभर २ बलमा बिना कुनै विकेटको नोक्सानीमा प्राप्त गरेको थियो। सिरहाका लागि आरती चौधरी ७ तथा अनुराधा चौधरी ५ रनमा नटआउट रहे।

खेलको प्लेयर अफ द म्याच सिरहाका उत्कृष्ट बलिंग गरे वापत आरती चौधरी घोषित भइन्।

मंगलबारनै सम्पन्न एक अर्को खेलमा बाराले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाई ६८ रन बनाएको थियो। बाराका लागि कुनै पनी खेलाडिले दोहोरो अंक छुन सकेनन् भने अतिरिक्त रनको रुपमा ३१ रन प्राप्त गरेका थिए। बलिंगतर्फ रोजी कडेरीले ४ ओभरमा १२ रन दिई ३ विकेट प्राप्त गरेका थिए भने बिमला मगर, मानसी चौहान र शोभा आलेले सामान १ विकेट लिए।

६९ रनको लक्ष्य लिई मैदानमा ओर्लेको महोतरीले उक्त लक्ष्य सजिलै ७ ओभर २ बलमा २ विकेटको नोक्सानीमा प्राप्त गर्यो।

महोतरीका लागि बिमला मगरले नटआउट रहि १९ रनको योगदान दिएका थिए भने पुष्पा फुयालले १२ रनको योगदान दिए। बलिंगतर्फ बाराका साना प्रबिन र चादनी अधिकारीले सामान १ विकेट लिएका थिए।

खेलको प्लेयर अफ द म्याच उत्कृष्ट बलिंग गरे वापत महोतरीका रोजि कडारी घोषित भइन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy