प्रदेश स्तरीय महिला क्रिकेट : सिरहा र बारा बिजयी

१ माघ राजबिराज ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा सिरहाले महोतरीलाई तथा बाराले सर्लाहीलाई पराजित गरेको छ ।

राज रंगशालामा संचालित पहिलो खेल अन्तर्गत महोतरीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेटको नोक्सानीमा १ सय २९ रनको योगफल तयार पारेको थियो । महोतरीका लागि शोभा आलेले ३२ बलमा ५ चौकाको मद्धतले ३८ रन तथा बिमला मगरले २९ बलमा २ चौक्काको मद्धतले २५ रनको योगदान दिएका थिए । बलिंग तर्फ सिरहाका सन्तोषि चौधरी र कविता गौतमले सामान १ विकेट लिएका थिए ।

१ सय ३० रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य सजिलै १ विकेटको नोक्सानीमा प्राप्त गर्यो । सिरहाका लागि आरति चौधरीले प्रतियोगिताकै पहिलो अर्धशतक बनाउदै ४८ बलमा ९ चौका मद्धतले ५२ रनको योगदान दिएका थिए भने आरती चौधरी ५६ बलमा ३२ तथा सरस्वती चौधरी १४ रनमा नटआउट रहेका रहेका थिए । बलिंगतर्फ एक मात्र बिकेट महोतरीका गोमा आलेले प्राप्त गरेका थिए ।
खेलमा उत्कृष्ट ब्याटिंग गरेका सिरहाका अनुराधा चौधरीलाई प्लेयर अफ द म्याच प्रदान गरियो ।

बुधवारनै सम्पन्न एक अर्को खेलमा सर्लाहीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १४ ओभर ४ बलमा सम्पुर्ण बिकेट गुमाई ६९ रनको योगफल तयार पारेको थियो । सर्लाहिका लागि कुनै पनी खेलाडिले दोहोरो अंक छुन सकेका थिएन भने अतिरिक्त रनको रुपमा ४४ रन प्राप्त गरेका थिए । बलिंग तर्फ बाराका साना प्रबिनले उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा १ मेडन सहित ८ रन दिई ४ विकेट प्राप्त गरेका थिए भने चान्दनी अधिकारीले ४ ओभरमा १४ रन दिई ४ विकेट प्राप्त गरेका थिए ।

७० रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको बाराले उक्त लक्ष्य सजिलै ६ ओभर ४ बलमा बिना बिकेट गुमाई प्राप्त गरेका थिए । बाराका लागि साना प्रबिनले ३० बलमा १ चौक्का सहित २० रनमा नटआउट रहेका थिए भने अतिरिक्तको रुपमा ४६ रन प्राप्त गरेका थिए ।
खेलको म्यान अफ द म्याच बाराका साना प्रबिन भए।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]