सेफर्ट, साउदी र विलियमसन चम्किदा न्युजिल्यान्डलाई सिरिज

२०७७ पुष ५, आईतवार १६:२७

पाकिस्तानको न्युजिल्यान्ड भ्रमण अन्तर्गत दोश्रो टि-२० अन्तर्राष्ट्रियमा घरेलु टिम ९ विकेटले विजयी भएको छ। तिन खेलको सिरिज अन्तर्गत पहिलो खेल न्युजिल्यान्डले ५ विकेटले जितेको थियो। एक खेल अगावै न्युजिल्यान्डले सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ।

ह्यामिल्टन स्थित सेडन पार्क मैदानमा खेलिएको खेलमा पाकिस्तानले दिएको १६४ रनको लक्ष्य न्युजिल्यान्डले ५ बल बाँकि रहंदा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर मार्टिन गुप्टिल २१ रन बनाएर चौथो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर टिम सेफर्टले कप्तान केन विलियमसनसंग शतकीय साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। दुवैले अविजित १२९ रनको उत्कृस्ट साझेदारी गरे।

२५ वर्षीय सेफर्टले चौथो टि-२० अन्तर्राष्ट्रिय अर्धशतक पुरा गर्दै अविजित ८४ रन बनाए जुन क्रममा ६३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। विलियमसनले १२ औं टि-२० अन्तर्राष्ट्रिय अर्धशतक पुरा गरे र अविजित ५७ रन बनाए जुन क्रममा ४२ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

सेफर्ट र विलियमसनले शतकी साझेदारी गरे

पाकिस्तानको लागि एउटा मात्र विकेट फहीम अशरफले लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो।

खराब सुरुवात गरेको भ्रमण टोलिले पहिलो ४ विकेट ५६ रनको स्कोरमै गुमाएको थियो। टिम साउदीले आफ्नो पहिलो स्पेलमा दुवै ओपनर मोहम्मद रिजवान, हैदर अलि र अब्दुल्लाह शफिकको विकेट लिएका थिए।

चौथो नम्बरमा ब्याटिंग गरेका मोहम्मद हफिजले एक किनार सम्हाल्दै अन्तिमसम्म ब्याटिंग गरे। त्यस क्रममा उनले पाँचौ विकेटको लागि खुस्दिल शाहसंग ६३ रनको महत्वपूर्ण साझेदारी गरे।

४० वर्षीय दायाँ हाते ब्याट्सम्यान हफिजले ५७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै अविजित ९९ रन बनाए। उनि पहिलो टि-२० अन्तर्राष्ट्रिय प्रहार गर्न मात्र १ रनले चुक्न पुगे। इनिंगको अन्तिम ३ बलमा उनले छक्का, चौका र छक्का प्रहार गरेका थिए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९९ रनमा आउट वा अविजित हुने हुन् मात्र चौथो क्रिकेटर हुन्।

हफिज शतक बनाउन १ रनले चुके

हफिज बाहेक पाकिस्तानको लागि मोहम्मद रिजवानले २२, खुस्दिल शाहले १५ तथा इमाद वासिमले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

न्युजिल्यान्डको बलिंगमा दायाँ हाते पेसर टिम साउदीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र ३१ रन खर्चिए। जिम्मी निशम र इश सोढिले समान १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच टिम साउदी चुनिए।

सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम टि-२० डिसेम्बर २२ तारिख मंगलबार खेलिनेछ। टि-२० सिरिज पछि दुई टिम बीच डिसेम्बर २६ देखि दुई वटा टेस्टको सिरिज सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy