शोभा चम्किदा महोतरीलाई प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि

२०७७ पुष ५, आईतवार २०:५०

पौष ५ राजबिराज ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश नं. २ स्तरीय क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न फाइनलमा महोतरीले सिरहालाई ८ विकेटले पराजित गर्दै उपाधी चुमेको छ।

राज रंगशालामा संचालित फाइनलमा टस जितेरे ब्याटिंगको निर्णय लिएको सिरहाले निर्धारित २० ओभरको खेलमा १६.६ बलमा सम्पूर्ण विकेट गुमाएर ८६ रनको योगफल तयार पारेको थियो। सिरहाको ब्याटिंगतर्फ कबिता गौतमले २४, उर्मिला चौधरी र सरस्वति चौधरीले समान १४ रन बनाए।

सिरहालाई सस्तोमा समेट्न राष्ट्रिय क्रिकेटर समेत रहेकी शोभा आलेले घातक बलिंग गर्दै ४ ओभरमा १ मेडनसहित १२ रन खर्चिएर ५ विकेट हात पारिन्। बिमला मगरले ३ तथा रोजी कडारीले २ विकेट लिए।

८७ रनको झिनो लक्ष्य पछ्याएको महोतरीले १४.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। उसका लागि बिमला मगरले अविजित ३१ तथा गोमा आलेले अविजित २४ रनको योगदान दिए भने रोजी कडारीले २१ रन बनाइन्।

सिरहाको बलिंगतर्फ सन्तोषी चौधरीले १ विकेट हात पारिन्।

खेलको प्लेयर अफ द म्याच महोतरीका शोभा आले घोषित भइन्।

फाइनलको प्लेयर अफ द म्याच महोतरीकि शोभा आले घोषित भइन्।

प्रतियोगिता अन्तर्गत उत्कृष्ट बलर महोतरीका रोजी कडेल, उत्कृष्ट ब्याटर सिरहाका अनुराधा चौधरी तथा प्लेयर अफ द सिरिज महोतरीका बिमला मगर चुनिए। विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथी राजबिराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, नेपाल पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य अवधेश झा, प्रदेश क्रिकेट संघका उपाध्यक्ष सुनिल महासेठ, खेलकुद पत्रकार मंच सप्तरीका अध्यक्ष मनोज कुमार माझि। पुर्व अन्तराष्ट्रिय खेलाडी दिपेन्द्र चधारी, राजबिराज नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डल लगायतले ट्रफी तथा प्रमाण पत्र वितरण गरेका थिए।

सप्तरी क्रिकेट संघका अध्यक्ष एवं प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादवले गरेका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy