प्रधानमन्त्री कप : सरस्वति चौधरीको कप्तानीमा प्रदेश नम्बर-२ टिम घोषित

२०७७ पुष ८, बुधबार १९:५८

Saraswati Chaudhary

पुष ११ गते देखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ प्रदेश नम्बर-२ ले टिमको घोषणा गरेको छ।

राष्ट्रिय क्रिकेटर समेत रहेकी सरस्वति चौधरी कप्तानीको टिममा शोभा आले उपकप्तान रहेकी छिन्। टिमको प्रशिक्षक सुनिल साह तथा व्यवस्थापक अनिल शर्मा रहेका छन्।

प्रतियोगितामा प्रदेश नम्बर-२ रहेको समुह ‘ए’ मा एपीएफ, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश रहेका छन्। समुह ‘बि’ मा सुदुर पश्चिम, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेश रहेका छन्। लिग चरणमा समुहमा एकअर्का बिरुद्ध १/१ खेल खेलीसकेपछि दुवै समुहबाट उत्कृस्ट हुने २-२ वटा टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

प्रदेश नम्बर-२ ले प्रतियोगितामा पहिलो खेल पुष ११ गते लुम्बिनि प्रदेश बिरुद्ध खेल्नेछ भने दोश्रो खेल पुष १२ गते एपीएफ तथा तेश्रो खेल पुष १३ गते कर्णाली प्रदेश बिरुद्ध खेल्नेछ।

घोषित १४ सदस्यीय टोलि :- सरस्वती चौधरी ( कप्तान ) , शोभा आले ( उपकप्तान ) , उर्मिला चौधरी, सन्तोषी चौधरी, आरति चौधरी, कविता गौतम, अनुराधा चौधरी, बिमला मगर, रोजी कडारी, गोमा आले, मेलिना रायमाझी, साना प्रविन , नितु चौधरी, चाँदनी अधिकारी , अतिरिक्त खेलाडीहरु : दुर्गा कार्की, मानसि चौवान, प्रतिमा साह, रचना अर्याल

प्रशिक्षक : सुनिल साह, व्यवस्थापक : अनिल शर्मा

प्रतियोगिताको लागि यस अघि प्रदेश नम्बर-१गण्डकी प्रदेशले टिमको घोषणा गरिसकेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy