प्रम कप महिला : प्रदेश-२ द्वारा लुम्बिनीलाई ७८ रनको लक्ष्य

२०७७ पुष ११, शनिबार ११:४३

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता दाङको लमहीमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश-२ ले प्रतिस्पर्धा गरिरहेका छन्।

लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको प्रदेश-२ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७७ रन बनाउदै लुबिनी प्रदेशलाई ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ। ( स्कोरकार्ड )

प्रदेश-२ को ब्याटिंगमा अनुराधा चौधरी र साना प्रविनले समान सर्वाधिक २१ रन तथा बिमला मगरले १० रन योगदान दिए।

खराब सुरुवात गरेको प्रदेश-२ ले पहिलो ३ विकेट १५ रनको योगफलमा गुमाएको थियो। ओपनर मेलिना रायमाझी र कप्तान सन्तोषी चौधरी खाता नखोली तथा गोमा आले ३ रन बनाएर आउट भए। चौथो विकेटको लागि ओपनर अनुराधा चौधरी र साना प्रविनले ३४ रनको साझेदारी गरे। अनुराधा १३ औं ओभरमा गीता गोसाईबाट स्टम्प भएपछि पाँचौ विकेटको लागि साना प्रविन र बिमला मगर बीच २४ रनको साझेदारी भयो। १९ औं ओभरमा बिमलालाई सुस्मिता भुसालले एलबिडब्लु आउट गर्दै साझेदारी तोडिन्। साना प्रविन २० औं ओभरमा रन आउट भइन्।

लुम्बिनीको बलिंगमा सुस्मिता भुसालले सर्वाधिक ३ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा मात्र १० रन खर्चिन्। स्वस्तिका बजगाई ( ४-०-१७-१ ) , कप्तान नेरी थापा ( ३-०-१०-१ ) र गीता गोसाई ( ४-०-२०-१ ) ले समान १ विकेट हात पारे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy