महिला प्रम कप : लुम्बिनीद्वारा प्रदेश-२ सहजै पराजित

दाङको लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा समुह ‘ए’ अन्तर्गत लुम्बिनी प्रदेशले प्रदेश नम्बर-२ लाई सहजै ९ विकेटले पराजित गरेको छ।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-२ ले दिएको ७८ रनको लक्ष्य लुम्बिनीले १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो। ( स्कोरकार्ड )

लुम्बिनीको लागि गीता गोसाईले सर्व्धिक २३ रन, सरस्वति जीएमले २२ रन तथा कप्तान नेरी थापाले १५ रन बनाए। प्रदेश-२ को लागि एउटा मात्र विकेट कविता गौतमको नाम रह्यो।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको लागि ओपनर गीता गोसाई र सरस्वति जीएमले अर्धशतकीय साझेदारी गरे। ५३ रनको साझेदारीलाई १२ औं ओभरमा कविता गौतमले सरस्वतिलाई बोल्ड गर्दी तोडिन्। दोश्रो विकेटको लागि गीताले कप्तान नेरी थापासंग अविजित २५ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश-२ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७७ रन बनाएको थियो।

प्रदेश-२ को ब्याटिंगमा अनुराधा चौधरी र साना प्रविनले समान सर्वाधिक २१ रन तथा बिमला मगरले १० रन योगदान दिए।

अनुराधा चौधरी ( Anuradha Chaudhary )

खराब सुरुवात गरेको प्रदेश-२ ले पहिलो ३ विकेट १५ रनको योगफलमा गुमाएको थियो। ओपनर मेलिना रायमाझी र कप्तान सन्तोषी चौधरी खाता नखोली तथा गोमा आले ३ रन बनाएर आउट भए। चौथो विकेटको लागि ओपनर अनुराधा चौधरी र साना प्रविनले ३४ रनको साझेदारी गरे। अनुराधा १३ औं ओभरमा गीता गोसाईबाट स्टम्प भएपछि पाँचौ विकेटको लागि साना प्रविन र बिमला मगर बीच २४ रनको साझेदारी भयो। १९ औं ओभरमा बिमलालाई सुस्मिता भुसालले एलबिडब्लु आउट गर्दै साझेदारी तोडिन्। साना प्रविन २० औं ओभरमा रन आउट भइन्।

लुम्बिनीको बलिंगमा सुस्मिता भुसालले सर्वाधिक ३ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा मात्र १० रन खर्चिन्। स्वस्तिका बजगाई ( ४-०-१७-१ ) , कप्तान नेरी थापा ( ३-०-१०-१ ) र गीता गोसाई ( ४-०-२०-१ ) ले समान १ विकेट हात पारे।

प्रतियोगिता अन्तर्गत पहिलो दिनको दोश्रो खेलमा एपीएफ र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा विभागीय टोलि एपीएफ र ७ प्रदेश गरि कुल ८ टोलि सहभागी रहेका छन्। समुह ‘ए’ मा एपीएफ, प्रदेश-२, कर्णाली र लुम्बिनी रहेका छन् भने समुह ‘बि’ मा गण्डकी, प्रदेश-१, बागमती र सुदुरपश्चिम रहेका छन्।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]