कर्णाली २२ रनमा सिमित हुँदा प्रदेश-२ को विशाल जित

दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न पहिलो खेलमा प्रदेश नम्बर-२ ले कर्णाली प्रदेशलाई १४३ रनको विशाल अन्तरले पराजित गरेको छ।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-२ ले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले २० ओभर ब्याटिंग गर्दै मात्र २२ रन बनाउन सक्यो। स्कोरकार्ड 

प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता इतिहासमै यो सबैभन्दा कम टिम योगफल हो। यस अघि कर्णाली प्रदेश जारि प्रतियोगितामा एपीएफसंग ३१ रन तथा लुम्बिनीसंग ३६ रनमा समेटिएको थियो।

लक्ष्य पछ्याउने क्रममा कर्णालीको कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। तिर्सना बिश्वकर्माले ७, आयुषा टन्डनले ४, दिक्ष्या पुरीले २, दिपा राना र अंशु शाक्यले समान १ रन बनाउदा  अन्य ६ जनाले खाता खोल्न सकेनन्।

११.३ ओभरमा १९ रन जोड्दा ९ विकेट गुमाएको अवस्थामा दशौँ विकेटको लागि आयुषाले दिपा रानासंग पुरै २० ओभर ब्याटिंग गरेता पनि योगफलमा थप ३ रन जोड्न सके। आयुषाले ३८ बलमा ४ तथा दिपाले २५ बलमा १ रन मात्र जोड्न सकिन्। प्रदेश-२ ले ७ रन अतिरिक्तको रुपमा खर्चियो।

प्रदेश-२ को बलिंगमा सरस्वति चौधरी ( ४-२-३-३ ) र कविता गौतमले ( ४-२-५-३ ) समान ३ विकेट लिए। यस्तै सन्तोषी चौधरी ( ४-०-९-१ ) र आरति चौधरी ( ४-३-१-१ ) ले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश-२ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६५ रन बनाएको थियो।

प्रदेश-२ को लागि ओपनर अनुराधा चौधरीले अर्धशतकीय इनिंग खेल्ने क्रममा अविजित ६९ रन बनाईन्। उनले ६० बलमा ६ चौका प्रहार गरिन्। सोभा आलेले २३, बिमला मगरले २१, सन्तोषी चौधरीले ७ तथा कविता गौतमले अविजित २ रनको योगदान दिईन्।

अनुराधाले सोभा आलेसंग ६६ रनको ओपनिंग साझेदारी गरेकी थिईन् भने तेश्रो विकेटको लागि बिमला मगरसंग ७४ रनको साझेदारी गरिन्।

कर्णाली प्रदेशको बलिंगमा निशा पराजुलीले २ विकेट लिने क्रममा ४ ओभरमा मात्र १६ रन खर्चिन्। सुजाता बोगटीले ४ ओभरमा ५० रन खर्चेर १ विकेट हात पारिन्। अतिरिक्तको रुपमा कर्णालीले ४३ रन खर्चियो।

दुवै टिम प्रतियोगिताको सेमीफाइनल प्रवेश गर्न असफल भैसकेका छन्। दुवै टिमले यस अघिको दुई खेलमा एपीएफ र लुम्बिनी प्रदेशसंग हार बेहोरेका थिए। समुह ‘ए’ बाट एपीएफ र लुम्बिनी सेमीफाइनल प्रवेश गरिसकेका छन्। आज हुने दोश्रो खेलमा एपीएफ र लुम्बिनी बीच विजेता टिम समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा विभागीय टोलि एपीएफ र ७ वटा प्रदेश गरि कुल ८ टिम सहभागी रहेका छन्। समुह ‘ए’ मा लुम्बिनी, कर्णाली, एपीएफ र प्रदेश-२ रहेका छन् भने समुह ‘बि’ मा प्रदेश-१ , बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश रहेका छन्। समुह चरणमा सबै टिमले एक अर्का बिरुद्ध १/१ खेल खेलिसकेपछि अंकतालिकामा शिर्ष हुने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृस्ट खेलाडीले २१ हजार तथा उत्कृस्ट ब्याटिंग र बलिंग गर्ने खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]