प्रम कप : एपीएफ समुह ‘ए’ को विजेता बन्दै सेमीफाइनलमा

२०७७ पुष १३, सोमबार १६:३२

दाङको लमहीमा जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को खेलहरु सोमबार सम्पन्न भएको छ।

सोमबार सम्पन्न समुहको अन्तिम खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) ले लुम्बिनी प्रदेशलाई पराजित गर्दै समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्यो। लुम्बिनी समुह ‘ए’ को उपविजेताको रुपमा सेमीफाइनल पुग्यो। अब सेमीफाइनलमा एपीएफले समुह ‘बि’ को उपविजेतासंग तथा लुम्बिनीले समुह ‘बि’ को विजेतासंग प्रतिस्पर्धा गर्नेछ। मंगलबार देखि प्रतियोगिताको समुह ‘बि’ अन्तर्गतका खेलहरु सुरु हुनेछन्।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको १२३ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमेर ६१ रन मात्र बनाउन सक्यो। स्कोरकार्ड

लुम्बिनीकोक लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ तथा सरस्वति पुनले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपीएफको बलिंगमा अफ स्पिनर करुणा भण्डारीले सर्वाधिक ३ विकेट ( ४-०-१६-३ ) हात पारिन् भने सोनु खड्का ( ४-०-१५-१ ) र रेखा रावल ( ३-१-५-१ ) को नाममा १/१ विकेट रह्यो।

यस अघि टस जितेर ब्याटिंग रोजेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२२ रन  बनाएको थियो।

Jyoti Pandey

एपीएफको लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन प्रहार गरिन् जसले ५४ बलमा १ चौका हिर्काइन्। यस्तै इन्दु बर्माले ३० बलमा ४ चौका मद्दतले २८ रन, राजमती ऐरीले ११ रन तथा सरिता मगरले अविजित १० रन बनाइन्।

पहिलो विकेटको लागि ज्योतिले राजमती ऐरीसंग ४४ रनको साझेदारी गरेकी थिईन्। नवौं ओभरमा राजमतीलाई नेरी थापाले बोल्ड गरेपछि ज्योतिले इन्दुसंग दोश्रो विकेटको लागि ६० रन जोडिन्। १८ औं ओभरमा इन्दुलाई कृतिका मरासिनीले बोल्ड गरिन्। लगत्तै ओभरमा ज्योतिलाई नेरीले बोल्ड गरिन्।

लुम्बिनी प्रदेशको बलिंगमा कप्तान नेरी थापाले सर्वाधिक २ विकेट ( ४-०-२६-२ ) हात पारिन्। सरस्वति पुन ( ४-०-२२-१ ) र कृतिका मरासिनी ( ४-०-२३-१ ) ले समान १ विकेट हात पारिन्।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को आज सम्पन्न पहिलो खेलमा प्रदेश-२ ले कर्णाली प्रदेशलाई १४३ रनले पराजित गर्यो।

मंगलबार समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले तथा दोश्रो खेलमा दिउसो १ बजे बागमती प्रदेश र प्रदेश-१ ले प्रतिस्पर्धा गर्नेछन्।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा विभागीय टोलि एपीएफ र ७ वटा प्रदेश गरि कुल ८ टिम सहभागी रहेका छन्। समुह ‘ए’ मा लुम्बिनी, कर्णाली, एपीएफ र प्रदेश-२ रहेका छन् भने समुह ‘बि’ मा प्रदेश-१ , बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश रहेका छन्।

प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृस्ट खेलाडीले २१ हजार तथा उत्कृस्ट ब्याटिंग र बलिंग गर्ने खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy