महिला प्रम कप : सुदूरपश्चिमद्वारा गण्डकी सहजै पराजित

२०७७ पुष १४, मंगलवार १२:५८

दाङको लमहीमा जारि प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेशले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षेतिमा ४८ रन मात्र बनाउन सक्यो।  स्कोरकार्ड , अंकतालिका 

गण्डकीको कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने कुनै पनि बाउन्ड्री समेत प्रहार गर्न सकेनन्। उसको लागि सृस्टि पौडेलले सर्वाधिक ८ रन बनाईन् भने, ज्योत्स्निका मरासिनीले ६ तथा कुसुम गोदारले ५ रन बनाईन्।

सुदुरपश्चिमको बलिंगमा सुनिता लुहारले २ तथा कविता कुँवर, ऋतु कनोजिया र लक्ष्मी साउदले समान १ विकेट लिईन्।

यस अघि टस जितेर ब्याटिंग रोजेको सुदुर पश्चिमले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०७ रन बनाएको थियो।

सुदुरपश्चिमको लागि ओपनर रेवती धामीले सर्वाधिक २७ रन बनाईन्। बिन्दु रावलले १३, मंजु बोकटिले १० तथा कप्तान ऋतु कनोजियाले अविजित ७ रन बनाईन्। गण्डकी प्रदेशले अतिरिक्तको रुपमा ३२ रन खर्चियो।

एक समय ८४ रनमा मात्र ३ विकेट गुमाएको सुदुरपश्चिमले थप २३ रन जोड्दा बाँकी ७ विकेट गुमाउन पुग्यो।

गण्डकीको बलिंगमा अलिशा लामिछाने र सृस्टि पौडेलले समान ३ विकेट हात पारिन्। यस्तै अन्जली बिश्वकर्मा, कुसुम गोदार र ज्योस्निका मरासिनीको नाममा १/१ विकेट रह्यो।

समुह ‘बि’ अन्तर्गत दोश्रो खेलमा आजै प्रदेश-१ र बागमती प्रदेशले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को विजेताको रुपमा एपीएफ तथा उपविजेताको रुपमा लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गरिसकेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy