दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको पाँचौ दिनको दोश्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।
समुह ‘बि’ अन्तर्गतको चौथो खेलमा टस जितेर ब्याटिंग गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५३ रन बनाउदै गण्डकी प्रदेशलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड , अंकतालिका
बागमतीको लागि बिन्दा कटवालले सर्वाधिक ३८, सुमन खतिवडाले ३१ तथा कन्चन श्रेष्ठले २७ रन बनाए।
ओपनर कन्चन र बिन्दाले पहिलो विकेटको लागि ७६ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा कन्चन रन आउट भएपछि बिन्दा र सुमन खतिवडा बीच ५३ रनको साझेदारी भयो। १८ औं ओभरमा सुमन र बिन्दा दुवैलाई अलिशा लामिछानेले पेभेलियन फर्काइन्। चौथो विकेटको लागि कप्तान अस्मिना कर्माचार्य र आरति बिडारीले २२ रनको साझेदारी गर्दै टिमको योगफल १५० पार गराए।
गण्डकी प्रदेशको बलिंगमा अलिशा लामिछानेले २ विकेट हात पारिन्।
यो खेलमा पराजित हुने टिमको सेमीफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ। आज विहान सम्पन्न समुह ‘बि’ अन्तर्गतको अर्को खेलमा प्रदेश-१ ले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गर्यो।