कविताले ह्याट्रिक सहित ५ विकेट लिंदा सुदूरपश्चिम सेमीफाइनलमा

कविता जोशीले ह्याट्रिक सहित कुल ५ विकेट लिंदा बागमती प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको सेमीफाइनल पुगेको छ।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदुरपश्चिमले दिएको ७७ रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ११ ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो। कुहिरोको कारण खेल ढिला सुरु भएकोले खेल ११ ओभरमा घटाइएको थियो। स्कोरकार्ड , अंकतालिका 

लक्ष्य पछ्याउने क्रममा बागमतीको लागि सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

इनिंग्सको नवौं ओभरमा कविता जोशीले ह्याट्रिक सहित ४ विकेट लिंदा बागमती निरिह बनेको थियो। कविताले ओभरको दोश्रो, तेश्रो र चौथो बलमा सुमन खतिवडा, अनिशा मजक्कोती र क्यनुका बस्नेतको विकेट लिंदै ह्याट्रिक पुरा गरेकी थिईन्। ओभरको छैठौं बलमा खुसि डंगोलको विकेट लिंदै ओभरमा विकेट संख्या कविताले ४ पुर्याईन्।

कविताले २ ओभर बलिंग गर्ने क्रममा १० रन खर्चेर ५ विकेट लिईन्। प्रधानमन्त्री कप महिला टि-२० प्रतियोगिताकै यो सबै भन्दा उत्कृस्ट स्पेल हो। कविता कुँवर , रितु कनोजिया र लक्ष्मी साउदले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको सुदुरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाएर ७६ रन बनाएको थियो।

डली भट्टले आक्रमक ब्याटिंग गरिन्

सुदूरपश्चिमको लागि डली भट्टले सर्वाधिक अविजित २८ रन बनाउने क्रममा आक्रामक ब्याटिंग गर्दै मात्र १४ बलमा २८ रन बनाईन् जुन क्रममा २ चौका र २ छक्का प्रहार गरिन्। यस्तै कविता कुँवरले अविजित १९ तथा कविता जोशीले १२ रन योगदान दिए।

३९ रनमा ५ विकेट गुमाएको अवस्थामा छैठौं नम्बरमा ब्याटिंग गर्न आएकी डलीले १० औं ओभरमा खुसि डंगोललाई १ चौका र १ छक्का तथा ११ औं ओभरमा अस्मिना कर्माचार्यलाई १ चौका र १ छक्का प्रहार गरेकी थिईन्।

डली र कविताले पाँचौ विकेटको लागि १६ बलमा ३७ रनको साझेदारी गरे।

बागमतीको बलिंगमा लेग स्पिनर आरति बिडारीले सर्वाधिक ३ विकेट हात परिन् जुन क्रममा २ ओभरमा १३ रन खर्चिन्। निशा तामांगले १ विकेट हात पारिन्।

जित पछि ३ खेलमा २ जित र १ हार बेहोर्दै सुदूरपश्चिम सेमीफाइनल प्रवेश गरेको छ। यस अघि प्रदेश-१ पनि दुवै खेल मा जित सहित सेमीफाइनल पुगीसकेको छ। आजै हुने दोश्रो खेलमा प्रदेश-१ र गण्डकी प्रदेश बीचको खेलले समुह ‘बि’ को विजेता टिमको तय गर्नेछ।

प्रतियोगिताको भोलि हुने पहिलो सेमीफाइनलमा समुह ‘ए’ को विजेता एपीएफले समुह ‘बि’ को उपविजेता तथा दोश्रो सेमीफाइनलमा समुह ‘ए’ को उपविजेता लुम्बिनीले समुह ‘बि’ को विजेतास्नाग प्रतिस्पर्धा गर्नेछ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]