दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको अन्तिम खेलमा प्रदेश-१ र गण्डकी प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।
खेलमा टस जितेर ब्याटिंग रोजेको प्रदेश-१ ले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १४७ रन बनाउदै बागमतीलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड
प्रदेश-१ को लागि रोमा थापा र काजल श्रेष्ठले अर्धशतकीय पारि खेले। रोमाले ४९ बलमा ८ चौका मद्दतले ५१ रन तथा काजलले ५७ बलमा ४ चौका मद्दतले ५२ रन बनाईन्।
पहिलो विकेटको लागि काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले ३६ रनको साझेदारी गरेका थिए। सातौं ओभरमा रुबिना आउट भएपछि दोश्रो विकेटको लागि काजलले रोमा थापासंग शतकीय साझेदारी गरिन्। दुवैले अविजित १११ रनको साझेदारी गरे जुन जारि प्रतियोगिताकै सबैभन्दा धेरै साझेदारी हो।
समुह ‘बि’ बाट प्रदेश-१ र सुदूरपश्चिम प्रदेश सेमीफाइनल प्रवेश गरिसकेता पनि यो खेलमा समुहको विजेता र उपविजेता टिम तय गर्नेछ। प्रदेश-१ विजयी भएको खण्डमा स्वतः समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्दै भोलि दिउसो हुने दोश्रो सेमीफाइनलमा लुम्बिनी प्रदेशसंग प्रतिस्पर्धा गर्नेछ। समुह ‘बि’ को उपविजेता टिमले दोश्रो सेमीफाइनलमा भोलि विहान हुने पहिलो सेमीफाइनलमा समुह ‘ए’ को विजेता एपीएफको सामना गर्नेछ।