सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफ महिला प्रधानमन्त्री कपको फाइनलमा

२०७७ पुष १८, शनिबार १३:०४

सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

दाङको लमही क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले मात्र १ विकेट गुमाएर १५ ओभरमा पुरा गर्यो। स्कोरकार्ड 

एपीएफको लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक अविजित २६ तथा सरिता मगरले अविजित १९ रन बनाइन्। कप्तान सिता राना मगरले ७ रन योगदान दिईन्।

ओपनर सिता राना मगर ७ रन बनाएर आउट भएपछि अर्की ओपनर ज्योति पाण्डेले सरिता मगरसंग दोश्रो विकेटको लागि ४७ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

सुदूरपश्चिमको बलिंगमा कविता कुँवरले १ विकेट हात पारिन्।

यस अघि टस जितेर ब्याटिंग रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएको थियो।

Karuna Bhandari

सुदूरपश्चिमको ब्याटिंगमा कविता जोशीले सर्वाधिक २२, रेवती धामीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन्। कविता कुँवरले ९, ऋतु कनोजियाले ४, सम्झना खड्का र लक्ष्मी साउदले समान ३ रन बनाए।

एपीएफको बलिंगमा अफ स्पिनर करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिईन् जुन क्रममा ४ ओभरमा मात्र ११ रन खर्चिन्। सिता राना मगरले १ विकेट लिईन्। ३ जना सुदूरपश्चिमका खेलाडीहरु रन आउट भए।

प्रतियोगिताको अघिलो संस्करणको फाइनलमा एपीएफले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो।

एपीएफ समुह ‘ए’ को विजेता तथा सुदूरपश्चिम प्रदेश समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो। आजै दिउसो १:१५ बजे सुरु हुने दोश्रो सेमीफाइनलमा प्रदेश-१ र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy