महिला प्रम कप दोश्रो सेमीफाइनल : प्रदेश-१ द्वारा लुम्बिनी ५२ रनमै सिमित

२०७७ पुष १८, शनिबार १४:३२

दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनलमा लुम्बिनी प्रदेश र प्रदेश-१ प्रतिस्पर्धा गरिरहेका छन्। यस अघि पहिलो सेमीफाइनल जित्दै एपीएफ फाइनल प्रवेश गरिसकेको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको लुम्बिनी प्रदेश १४.१ ओभरमा ५२ रनमै समेटिन पुगेको छ। स्कोरकार्ड 

लुम्बिनीको लागि नितु भण्डारीले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ५ जना ब्याट्सउमन रन आउट भए भने १ जना स्टम्प आउट भए।

प्रदेश-१ को बलिंगमा निगिमा तामांग र संगीता राईले समान २ विकेट तथा रुबिना क्षेत्रीले १ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy